४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विमान चार्टर गरेर पर्यटक आगमन

हिमालय एअरलाइन्सको एअरबस ३२० जहाज चार्टर गरेर भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। चार्टर्ड उडान मार्फत नै ३२८ भन्दा बढी नेपाली पर्यटकले भियतनामको भ्रमण गरेको रूप्से होलिडे प्राइभेट कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए।

काठमाडौंबाट भियतनामको हनोईसम्म सोझो उडान गरेसँगै नेपाल–भियतनाम पर्यटनको विकासमा नयाँ उचाइ हाँसिल गर्न सफल भएको भ्रमण व्यवस्थापन गर्ने कम्पनी रुप्से होलिडेले जनाएको छ। अक्टोबर २१, २५ र २९ मा पनि भियतनामी पर्यटकहरू सिधा हवाई उडानमामार्फत नेपाल घुम्न आउने रूप्सेका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए।

यस उडानसामान्य चार्टर उडान मात्र नभएर नेपाल र भियतनामबीच यति धेरै संख्यामा पर्यटकको आदान प्रदान भएको पहिलो उडान भएको रूप्से होलिडेले बताएको छ।

पराजुलीले कुनै ट्राभल एजेन्सीले एकै पटक तीन वटा जेट विमान चार्टर गरेर भियतनामका लागि उडान गरेको यो पहिलो पटक होे। उनका अनुसार यो भ्रमण भियतनाम र नेपाल बीच पर्यटकीय संभाव्यताको सफल परीक्षण भएको उनले जनाए।

एक लाख २० हजार रूपैयाँ खर्चिएर नेपाली पयर्टकले भियतनामको हनोईको पाँच दिने भ्रमण गरे भने भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको घुमघाम गरको कम्पनीले जनाएको छ।

तीन घण्टा सोझो उडानबाट जोडिएको भियतनाम नेपाल हवाई सम्पर्क र यसबाट सहज भएको नयाँ पर्यटकीय गन्तव्यप्रति नेपालीको उत्साहपूर्ण आकर्षण हुनु र भियतनाका पर्यटक पनि नेपालप्रति आकर्षित हुनुले नयाँ वर्ष लागेसँगै २०२४ को जनवरी ५ र जनवरी १० मा थप दुई चार्टर उडान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

‘हामीलाई आर्थिक रूपमा यी उडानहरू खासै मुनाफा योग्य छैनन् तर हामीले देशको पर्यटन क्षेत्रको विकासका लागि यो जोखिम उठाएका हौं। यसमा हामी अपेक्षाकृत सफल भएका छौं। नेपालको पर्यटकीय स्थानहरूका बारेमा भियतनामसम्म प्रवर्द्धन गर्‍यौं, १५ प्रतिशतभन्दा बढी बौद्ध धर्मालम्बी रहेको देश भियतनाममा हामीले लुम्बिनीमा बुद्ध जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्दै धार्मिक पर्यटनको समेत वृद्धि गर्यौं’ कम्पनीका प्रबन्ध निर्देशक पराजुली भन्छन्, ‘यसमा राज्यका निकायहरूको सकारात्मक साथ पाए हामीले ठूलो उपलब्धि हासिल गर्ने थियौं।’

प्रकाशित: २४ कार्तिक २०८० ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App