४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विदेशी पर्यटक आगमनमा सुधार हुँदै, फेब्रुअरीमा ७३ हजार बढी पाहुना भित्रिए

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि यो फेब्रुअरीमा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी पर्यटक भित्रिएका छन्।

पर्यटक आगमनः जनवरीमा ५५ हजार बढी

अफसिजनसँगै नेपालमा भएको हवाई दुर्घटनाले पछिल्लो समय पर्यटन क्षेत्र केहि सुस्ताएको छ। सिजनको मुखमा भएको दुर्घटनापछि विदेशी पाहुनाले सिजनको बुकिङ पनि रद्द गरिरहेको व्यवसायीले बताएका छन्। तर, यही अफसिजनको महिनामा पनि नेपाल भित्रिने विदेशी पाहुनाको संख्यामा उल्लेख्य सुधार देखिएको पर्यटन बोर्डले बताएको छ।

२०२२ को पर्यटक आगमनः पर्यटन क्षेत्र ‘ग्रिन जोन’ मा

सरकारले राखेको वर्षभरि (२०२२) को विदेशी पाहुना आगमनको लक्ष्य नाघेको छ। कोरोना भाइरस संक्रमण पछिको यो वर्ष सरकारले वर्षभरिमा पाँचलाख विदेशी पर्यटक भित्रिने अनुमान गरेको थियो। तर, वर्षभरिमा हवाई माध्यममार्फत नेपाल भित्रिने विदेशीको संख्या ६ लाख १४ हजार १ सय ४८ पुगेको पर्यटन बोर्डको तथ्यांक छ।

नेपालमा पर्यटक आगमनः ११ महिनामा साढे पाँचलाख

एघार महिना (२०२२ को जनवरी–नोभेम्बर) अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या झन्डै साढे पाँचलाख पुगेको छ। पर्यटनको मूख्य सिजन मानिने नोभेम्बर महिनामा मात्र नेपालमा ७२ हजार ६ सय ५३ जना विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ। यी सबै विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका पाहुना हुन्।

पाहुना आगमनः दश महिनामा ४ लाख ७३ हजार ५६३ विदेशी भित्रिए

कोरोना भाईरस संक्रमणले करिब दुईवर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ। त्यसको प्रमाण हो, यो अक्टोवरमा नेपालमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिएका छन्। सन् २०२२ को दशमहिना अवधिमा नेपालमा ४ लाख ७३ हजार ५६३ जना विदेशी पर्यटक भित्रिएका छन्।

पर्यटक आगमनः आठ महिनामा ३ लाख २६ हजार

‘पर्यटनमा सुधारका संकेत यो वर्षको सुरुदेखि नै देखिएको थियो। त्यो गति अझै पनि निरन्तर छ। कहिले काही आगमन अनुपात तलमाथि भइरहन्छ,’ लामिछानेले भने, ‘छोटो समयमा अपेक्षा गरेभन्दा बढी विदेशी पाहुना भित्रिएका छन्। अब पर्यटक भित्रिने सिजन सुरु भएकोले आगामी महिनाको आगमन संख्या अझै बढ्ने अपेक्षा छ।’

विदेशी पाहुना आगमनः पहिलो नम्बरमा भारत, दोस्राेमा अमेरिका

यो वर्षको सात महिना (जनवरी–जुलाई) को अवधिमा नेपालमा विदेशी पाहुना भित्रिने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ। दोश्रो नम्बरमा अमेरिका, तेश्रोमा बेलायत पर्छ। चौथोमा बंगलादेश र पाँचौ नम्बरमा अस्ट्रेलिया पर्छ। विदेशी पाहुनाको आगमनले पर्यटन क्षेत्र लयमा फर्किने संकेत देखिएको व्यवसायीले बताएका छन्।

सुनसान छन् बागलुङका घरबास

बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन्। महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम्रै चलेको पाइएको छ। असारपछि भने जिल्लामा राम्रै नाम कमाएका घरबास सुनसान छन्।

आधा दर्जन बढी मुलुकको पर्यटक आगमनमा सुधार

कोरोना भाइरस संक्रमण फैलिनु अघि २०१९ को मे महिनामा नेपालमा ७ हजार २ सय ६६ जना अमेरिकी पर्यटक भित्रिएका थिए।

भारतीय र बंगलादेशी पर्यटक बढे

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी भारतीय र बंगलादेशी पर्यटकको आगमनमा सुधार भएको छ।

मे महिनाको पर्यटक आगमनः भारत, बंगलादेश र अमेरिकाबाट २०१९ मा भन्दा बढी

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि भारत, बंगलादेश र अमेरिकी पर्यटक आगमनमा निकै नै सुधार भएको छ। कोरोना भाइरस संक्रमण अघिको भन्दा पनि बढी संख्यामा ती मुलुकबाट पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ। तीनवटा मुलुकको आगमनले पर्यटनमा ब्यापक सुधार देखिएको पर्यटन बोर्डको भनाई छ।

कोभिड महामारीका कारण पर्यटन आगमन ४४ वर्षयताकै न्यून

कोभिड महामारीको कारण अघिल्लो वर्षको तुलनामा सन् २०२० मा पर्यटक आगमन करिब ८१.० प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मात्र रहेको आर्थिक सर्वेक्षण ०७८/७९ ले देखाएको छ।

विदेशी पर्यटक आगमन बढ्दै, अप्रिलमा ५८ हजार बढी भित्रिए

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ। यो अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार कोरोना संक्रमण सुरु भएपछिको यो नै सबैभन्दा ठुलो आगमन संख्या हो।

विदेशी पर्यटक आगमनले लय लिँदै

कोरोना भाइरस संक्रमणले दुइवर्षसम्म थलिएको पर्यटन क्षेत्रले बल्ल तेश्रो मुलुकका पाहुना स्वागत गर्न थालेको छ। अहिले पर्यटकीय सहर पोखरामा तेश्रो मुलुकका विदेशी पर्यटक देखिन थालेका छन्। पोखरामा मात्र नभई आसपासका पदमार्गमा पनि तेश्रो मुलुकका विदेशी पुग्न थालेका छन्। यतिबेलाको पोखराका होटलको बुकिङ पनि सन्तोषजनक हुँदै गएको व्यवसायी बताउँछन्।

पर्यटकको आगमनमा सुधार

अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल भित्रिनेको संख्या सन् २०२१ को पहिलो महिनाको तुलनामा ९१ प्रतिशतले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्