२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अर्थ

व्यवसायी भन्छन्– अब मर्न मात्र बाँकी छ !

सरकारले सेप्टेम्बर महिनामा झन्डै शतप्रतिशत पर्यटक आगमन ‘रिकभर’ भएको तथ्यांक सार्वजनिक गरिरहँदा लुम्बिनीका होटलमा पर्यटकको ‘अकुपेन्सी’ साह्रै न्यून छ । विदेशी पर्यटक आउने मुख्य याममा पनि होटलहरूमा पर्यटक नआउँदा लुम्बिनीका होटल व्यवसायीहरू चिन्तित छन् । 

लुम्बिनीका होटल व्यवसायी मुख्य सिजनमा पनि होटल अकुपेन्सी १०/१५ प्रतिशत मात्र  रहेकोे बताउँछन् । होटल सिटी नेक्स्टका सञ्चालक रवीन्द्र शर्मा घिमिरेले लुम्बिनीमा पर्यटक नआएपछि अवस्था दयनीय हुँदै गइरहेको बताए । ‘होटल व्यवसायीहरू दयनीय अवस्थामा पुगेका छन्, घिमिरेले भने, ‘व्यवसायीहरू न मर्न सक्छन् न बाँच्न !’  

उनले भने, ‘बैंकमा धितो राखेको घरजग्गाको ऋण तिर्न नसकेर ३५ दिने सूचना आइसक्यो, लिलामीको सूचना दिइसक्यो । हामी व्यवसायीहरू आफ्नो होटल टोक्नु कि बोक्नु भन्ने अवस्थामा पुगेका छौं ।’

होटल सिटी नेक्स्टका सञ्चालक रविन्द्र शर्मा घिमिरेले लुम्बिनीमा पर्यटक नआएपछि अवस्था दयनीय हुँदै गइरहेको बताए । ‘होटल व्यवसायीहरू दयनीय अवस्थामा पुगेका छन्, घिमिरेले भने, ‘व्यवसायीहरू न मर्न सक्छन् न बाँच्न !’ आफूसँग भएको अधिकांश सम्पत्ति बिक्री र बचेखुचेको जायजेथा बैंकमा धितो राखेर होटल सञ्चालन गरेकोमा अहिले पश्चताप भइरहेको उनले बताए । 

शर्माले रूपन्देहीका व्यापारीहरूले घर जग्गा बैंकमा धितो राखेर वा श्रीमतीको गरगहना बेचेर भए पनि आफ्नै मुलुकमा केही गरौं भन्ने सोच राखेर होटल खोलेका थिए तर मुख्य सिजनमा पनि होटलमा पर्यटक नआउँदा ऋणले जीर्ण बनाउन लागेको बताए । उनले भने, ‘बैंकमा धितो राखेको घरजग्गाको ऋण तिर्न नसकेर ३५ दिने सूचना आइसक्यो, लिलामीको सूचना दिइसक्यो । हामी व्यवसायीहरू आफ्नो होटल टोक्नु कि बोक्नु भन्ने अवस्थामा पुगेका छौं ।’

तथ्याङ्कमा कति संख्यामा एनआरएन नेपाल आए भन्ने तथ्याङ्क सार्वजनिक गर्दैन । नेपाली मूलका विदेशी पासपोर्ट होल्डरहरू होटलमा बस्दैनन् । आफ्नै घर कि त आफन्त कहाँ बस्छन् । बोर्डलार्ई यी सबै हेरी सूक्ष्म तरिकाले अध्ययन गरेर तथ्याङ्क निकाल्ने फुर्सद छैन ।

पर्यटन बोर्डले मुलुकमा लाखौंको संख्यामा पर्यटक भित्रिएको भनेर मासिक तथ्याङ्क सार्वजनिक गर्छ तर लाखौं पर्यटक मुलुक भित्रिरहँदा वास्तविक पर्यटक मासिक रूपमा कति भित्रिए भनेर कहिल्यै पनि बोर्डले अध्ययन नगरेको आरोप व्यवसायीहरूको छ । ‘बोर्डका मान्छेहरूले यति लाख पर्यटक आए, पर्यटनको पुनरुत्थान भयो भनिरहेका छन् तर उनीहरूले कहिल्यै मोफसलमा पर्यटकहरूको गतिविधि कस्तो छ ? पर्यटनसँग सम्बन्धित व्यवसाय कुन अवस्थामा छ भनेर खोजी गर्नुपर्छ भन्ने महसुस गरेनन् । संख्यामा रमायो, आफैं आएका पर्यटकलाई ल्यायौँ भन्यो, सकियो ।’ उनले थपे, ‘बोर्डले प्रत्येक महिना सार्वजनिक गर्ने  

तथ्याङ्कमा कति संख्यामा एनआरएन नेपाल आए भन्ने तथ्याङ्क सार्वजनिक गर्दैन । नेपाली मूलका विदेशी पासपोर्ट होल्डरहरू होटलमा बस्दैनन् । आफ्नै घर कि त आफन्त कहाँ बस्छन् । बोर्डलार्ई यी सबै हेरी सूक्ष्म तरिकाले अध्ययन गरेर तथ्याङ्क निकाल्ने फुर्सद छैन । मुख्य नाकाले संकलन गरेका तथ्याङ्क जोडेर सञ्चार माध्यममा फलाक्दैमा पुगेको छ ।

सरकारले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलसँग कुनै पनि मुलुकको हवाई ‘कनेक्टिभिटी’ बढाउन सकेन् । जसको प्रत्यक्ष मारमा पर्यटनको सम्भावना देखेर लगानी गर्ने व्यवसायीहरू परेका छन् ।  

सरकारले पर्यटन पुनरुत्थान गर्ने भनेर विभिन्न कार्ययोजना ल्याएको छ तर लुम्बिनीमा सिजनको बेला पनि अपेक्षित मात्रामा पर्यटक आएका छैनन् । सन् २०२२ मे १६ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । उद्घाटनको अवसर पारेर ‘जजिरा एयरलाइन्स’ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि कोरोनाले ठप्प पारेको पर्यटनक्षेत्रका व्यवसायीहरूमा उत्साह थपेको थियो । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण त ग¥यो तर त्यसको फाइदा लिनै सकेन् । एयर जजिराले पनि नियमित उडान गर्न सकेन । सरकारले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलसँग कुनै पनि मुलुकको हवाई ‘कनेक्टिभिटी’ बढाउन सकेन् । जसको प्रत्यक्ष मारमा पर्यटनको सम्भावना देखेर लगानी गर्ने व्यवसायीहरू परेका छन् ।  

व्यवसायी शर्माले भन्छन्, ‘यस्तो तरिकाले व्यवसायीहरू कसरी टिक्छन् ? सरकार हामी बुझ्दैछौं, गर्दैछौं मात्र भन्छ । भनेर मात्र हुँदैन, काम गर्नु पर्यो नि ! व्यवसायीको पीडा र दारुण अवस्था सरकारले कहिले बुझ्छ ? पर्यटनको सम्भावना देखेर करोडौंको लगानी गर्यौं, अब ऋण केले तिर्ने ? भएको सबै बेचिसकियो, रहलपहल बैंकमै धितो छ ।’  

सरकारले प्रतिबद्धता गरे अनुसार कार्ययोजनाहरू कहिल्यै समयमा पूरा नगरेको बताउँदै खानले भने सरकारको नालायकीपनको कारणले हामीजस्ता व्यवसायीहरू मर्नुपर्ने दिन आउनै लागेको छ ।

सरकारले लुम्बिनीमा बौद्ध धर्म मान्ने पर्यटक पनि ल्याउन नसकेको आरोप व्यवसायी शर्माले लगाए । उनले भने, ‘अरू पर्यटकको त कुरै छाडौं सरकारले बुद्धिष्ट धर्म मान्ने पर्यटकलाई पनि सिजनमा लुम्बिनी ल्याउन सकेन् ।’ राज्यले व्यवसायीहरूको पीरव्यथा र गुनासाहरू एक कानले सुनेर अर्को कानले उडाउने गरेको धारणा उनको छ । उनले थपे, ‘राज्यले कि हामीलाई मर भन्नुप¥यो कि त मार्दिनु पर्यो। नभए ‘यहाँबाट पलायन भएर जा’ भन्दिनु पर्यो । यस्तो पीडाको पहाडमा हुदाँ पनि सरकार पर्यटकको संख्या गनेर ढोल पिट्न मै व्यस्त छ ।’  

ग्राण्ड कस्मो लुम्बिनीका सञ्चालक अक्रम खान भन्छन्, ‘घरजग्गा धितो राखेर, गहनागुरिया बेचेर होटलमा लगानी गर्यो  । तर अहिले सिजनमा समेत विदेशी पर्यटक आएका छैनन् । हामीले होटल खोलेर अपराध गरेछौं, सिजनमा नभएको व्यापार कहिले होला ?’

लुम्बिनी मन्दिर परिसरभित्र विभिन्न देशका पर्यटकलाई बस्न दिइने व्यवस्थाले पनि मन्दिरक्षेत्र बाहिर करोडौं लगानी गरेर बनेका होटलहरू मारमा परेको बुद्धमाया होटल प्यालेसका सञ्चालक मेघानाथ आचार्यले बताए । 

होटल व्यवसायी खानले समग्र पर्यटनक्षेत्रको अहिलेको अवस्था सरकारको नालायकीपनको नतिजा भएको आरोप लगाए । सरकारले प्रतिबद्धता गरे अनुसार कार्ययोजनाहरू कहिल्यै समयमा पूरा नगरेको बताउँदै खानले भने सरकारको नालायकीपनको कारणले हामीजस्ता व्यवसायीहरू मर्नुपर्ने दिन आउनै लागेको छ ।’ उनले थपे, ‘आफ्नै गाउँठाउँमा गरेर खान्छु भन्नु नै मेरो अपराध भयो ।’  

लुम्बिनी मन्दिर परिसरभित्र विभिन्न देशका पर्यटकलाई बस्न दिइने व्यवस्थाले पनि मन्दिरक्षेत्र बाहिर करोडौं लगानी गरेर बनेका होटलहरू मारमा परेको बुद्धमाया होटल प्यालेसका सञ्चालक मेघानाथ आचार्यले बताए । उनले मन्दिरक्षेत्रभित्र विभिन्न मुलुकले धर्मशालाको रूपमा सानो संख्यामा पर्यटकलाई बस्ने व्यवस्था गरेका छन्, उनीहरूलाई लुम्बिनी विकास कोषले गेष्ट हाउस सञ्चालन गर्न दिएको बताए ।

उनी थप्छन्, ‘पर्यटककै रूपमा आए पनि होटलमा नबस्ने भएपछि व्यवसाय कसरी चल्छ ? बैंकको ब्याज बढेर १५/१६ प्रतिशत पुगिसक्यो यसले लुम्बिनीका होटल सञ्चालकहरू मर्न मात्र सकेका छैनन् ।’

उनले भने, ‘विधान अनुसार ५/६ जना मानिसहरू आफ्नो मुलुकको धर्मशालामा बस्न पाउँने व्यवस्थालाई लुम्बिनी विकास कोषको लापारबाहीले धर्मशालाको नाममा गेष्ट हाउस खोलेर पर्यटकहरू राखिरहेका छन् ।’ उनले थपे, ‘करोडौं लगानी र सरकारलाई राजस्व बुझाएर बनाइएको हाम्रो होटलमा पर्यटक छैनन् । विदेशबाट आएका पर्यटक जति मन्दिरभित्रको धर्मशालामा बस्छन् ।’ पर्यटन मन्त्रालय र सम्बन्धित निकायले यसबारे छानबिन गर्नु आवश्य भएको उनले बताए ।

आचार्यले भने, ‘बृहत् लुम्बिनी आयोजना भनेको छ, आएका पर्यटक होटलमा बस्छन् कि बस्दैनन्, कस्ता किसिमका पर्यटक हुन्, केही अध्ययन छैन् ?’ उनी थप्छन्, ‘पर्यटककै रूपमा आए पनि होटलमा नबस्ने भएपछि व्यवसाय कसरी चल्छ ? बैंकको ब्याज बढेर १५/१६ प्रतिशत पुगिसक्यो यसले लुम्बिनीका होटल सञ्चालकहरू मर्न मात्र सकेका छैनन् ।’

प्रकाशित: १८ आश्विन २०८० ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App