२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

एमालेको राष्ट्रिय कार्यशाला आज पनि, संगठन विस्तारमा जोड

नेकपा (एमाले)को ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज दोस्रो दिन पनि जारी छ। अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको कार्यशालाको पहिलो दिन समूहगत छलफल सम्पन्न भएको थियो।

बिहीबार बिहान ११ बजेपछि समूहका नेताहरूले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

आचार्यका अनुसार समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले प्रस्तुतिहरूमाथि टिप्पणी गर्दै पार्टीका तर्फबाट दिशानिर्देशसहितको सम्बोधन गर्नेछन्। महासचिव पोखरेलको सम्बोधनपछि समसामयिक प्रस्तावहरू पारित गर्दै कार्यक्रम समापन गर्ने तयारी रहेको एमालेले जनाएको छ।

पार्टीको साङ्गठनिक सुदृढीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू सहभागी रहेका छन्।

एमालेले यस कार्यक्रमलाई संगठन सुदृढीकरण अभियानको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ।

प्रकाशित: २१ जेष्ठ २०८३ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App