२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालको धमाकेदार ब्याटिङ

एसिया कप क्रिकेट पुरुष छनोटमा नेपालले मलेसियाविरुद्ध धमाकेदार ब्याटिङ गरिरहेको छ। सिंगापुरमा जारी खेलको १० ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा १५६ रन बनाएको छ।  

ओपनर आसिफ शेख ६८ रनमा भिरन्दीप सिंहको बलमा क्याच आउट भए। मात्र २४ बल खेलेका उनले ७ छक्का र ५ चौका प्रहार गरे। कुशल भुर्तेलसँग मिलेर आसिफले ८.४ ओभरमा पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे।  

कुशल कीर्तिमानी शतक उन्मुख छन् भने उनलाई क्रिजमा सन्दीप जोराले साथ दिइरहेका छन्।  

समूह एमा रहेको नेपाल र मलेसियाको समान २ अंक छ। यद्यपि रनरेटनमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ। आजको खेलको विजेताले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यहीँ समूहमा रहेको चीनले आफ्ना दुवै खेल हारेको थियो।  

कतारले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएपछि समूह एमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा भएको हो। समूह बीबाट भने हङकङ र ओमानले एक एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। यो समूहबाट बहराइन र आयोजक सिंगापुर बाहिरिएका छन्।  

प्रकाशित: २१ जेष्ठ २०८३ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App