७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटकबाट आर्जन हुने विदेशी मुद्रा १९० प्रतिशतले बढ्याे

फाइल तस्वीर

कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।

अर्थ मन्त्रालयले आइतवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८९/८० मा उल्लेख भए अनुसार विदेशी पर्यटकबाट संकलन भएको विदेशी मुद्रा १ सय ९० प्रतिशतले बढेर कुल ४७ अर्ब ७६ करोड रूपैयाँ पुगेको छ। सन् २०२२ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट संकलन भएको विदेशी मुद्रा बढेको हो।

सन् २०२० र २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेकामा सन् २०२२ मा भने उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।

कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड-१९ महामारीका कारण सन् २०२२ मा पर्यटकको ‌औसत बसाइ अवधिमा केही कमी आएको थियो। यस अवधिमा पर्यटकको ‌औसत बसाइ १३.१ दिन रहेको र प्रति पर्यटक प्रति दिनऔसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ। सन् २०२० र सन् २०२१ मा पर्यटकको बसाइ अवधि औसत क्रमशः १५.१ दिन र १५.५ दिन रहेको थियो।

यसै क्रममा सन् २०२२ मा आएका पर्यटकमध्ये भारतबाट ३४.१ प्रतिशत, अमेरिकाबाट १२.ं५ प्रतिशत, बेलायतबाट ७.३ प्रतिशत, अष्ट्रेलियाबाट ४.४ प्रतिशत, बङ्गलादेशबाट ४.१ प्रतिशत र अन्य मुलुकबाट ३७.६ प्रतिशत रहेका छन्। यस अवधिमा नेपाल आएका पर्यटकमध्ये भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया र बङ्गलादेशबाट आएका पर्यटक ६२.४ प्रतिशत रहेका छन्। सन् २०२१ को तुलनामा अष्ट्रेलियाबाट नेपाल आउने पर्यटकको संख्या सन् २०२२ मा करिब १० गुणाले वृद्धि भएको सर्वेक्षणले बताएको छ।

यस्तै साहसिक क्षेत्र अन्तर्गत पर्वतारोहण दलको संख्या सन् २०२२ को अन्त्यसम्म १ हजार ९ सय ५२ पुगेको छ। हिमाल पर्वतारोहीको संख्या सन् २०२० मा ४ सय ४७ र सन् २०२१ मा ३ हजार ४ सय ४६ रहेकोमा सन् २०२२ मा ८ हजार ४ सय ६८ पुगेको छ।

कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ।

यसरी पर्वतारोहीको संख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टीसमेत वृद्धि भएको छ। यस्तो रोयल्टी सन् २०२१ मा ६३ करोड ५२ लाख ४९ हजार रूपैयाँ संकलन भएकोमा सन् २०२२ मा ७० करोड ३४ लाख ३० हजार पुगेको सर्वेक्षणले देखाएको छ। ६ हजार ५ सय मिटर भन्दा कम उचाइका हिमालको रोयल्टी शुल्क कम भएको र यस अवधिमा त्यस्ता हिमालमा आरोहण गर्ने पर्वतारोहीको संख्या उच्च रहेकाले पर्वतारोहीको संख्यामा भएको वृद्धिको अनुपातमा सन् २०२२ मा रोयल्टी न्यून रहेको छ।

सर्वेक्षणले कोभिड-१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर समग्र पर्यटन विकासका लागि पर्यटन दशकको रूपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा रहेको उल्लेख गरेको छ। साथै बृहत्तर लुम्बिनी क्षेत्रको अवधारणागत गुरुयोजना र रामग्राम गुरुयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएको देखाएको छ।

यस्तै नेपालको ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाख भन्दा बढी पर्यटकलाई भ्रमण गराउने लक्ष्य लिएको थियो। यद्यपि, यस अवधिमा स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक वार्षिक औसत ७ लाख ३४ हजार पर्यटकले मात्र नेपाल भ्रमण गरेका छन्।

सन् २०२२ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटकले बिदा र मनोरञ्जन र यात्राको लागि भ्रमण गरेका थिए। यसैगरी, १२.९ प्रतिशत तीर्थयात्रा, १०.० प्रतिशत पर्वतारोहण र साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका थिए।

नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ। कोभिड–१९ को असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको संख्यमा उत्साहजनक वृद्धि भएको छ। सन् २०२२ मा लुम्विनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार गरी ९ लाख ४ हजार रहेका छन्।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट कुल ६१ हजार ४ सय ९८ जनालाई तालिम प्राप्त गरेका छन् सर्वेक्षण अनुसार डिलक्स सहितका पाँचतारे होटल २०७८ फागुनसम्म १ सय ६२ रहेकोमा २०७९ फागुनसम्म १७३ पुगेको छ।

नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ। कोभिड–१९ को असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको संख्यमा उत्साहजनक वृद्धि भएको छ।

त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स र लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या २०७८ फागुनसम्म १ हजार १ सय ८३ रहेकामा २०७९ फागुनसम्म १ हजार २ सय २८ पुगेको सर्वेक्षणमा उल्लेख छ।

यसका साथै तारेस्तरका होटलमा रहेका शैयाको संख्या चालु आर्थिक वर्षको फागुनसम्म ५६० थप भईहालसम्म १६ हजार ३ सय ३५ पुगेको छ।

यसैगरी, तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स र लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शैयाको संख्यामा चालु आर्थिक वर्षको फागुनसम्म ४३९३ थप भई हालसम्म ३७ हजार ३० पुगेको पनि आर्थिक सर्वेक्षण २०७९-८० मा उल्लेख छ। २०७९ फागुनसम्म क्यासिनो र मिनिक्यासिनो गरी २८ वटा सञ्चालनमा रहेका छन्, जुन २०७९ असारसम्म २४ को संख्यामा रहेको थियो। 

प्रकाशित: १५ जेष्ठ २०८० ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App