२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

कर्णालीमा ५५.१ प्रतिशत मतदान, हिमाली जिल्लामा उच्च सहभागिता

प्रदेशभर कुल १० लाख ४८ हजार १३८ मतदाता रहेका थिए। तीमध्ये ५ लाख ७७ हजार ५४२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

सर्वदलीय बैठकको निर्णयपछि पनि मोरङ–४ को मतगणनामा ढिलाइ

मोरङ क्षेत्र नम्बर ४ मा बिहीबार राति ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेपनि अझै सुरु हुन सकेको छैन।

काठमाडौं-१० मा मतगणना सुरु

निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार सर्वदलीय बैठक सम्पन्न भएलगत्तै गणना कार्य अघि बढाइएको हो। काठमाडौं-१० को मतगणना दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट सुरु गरिएको छ।

टी–२० विश्वकप: इंग्ल्याण्ड ७ रनले स्तब्ध, भारत फाइनलमा

मुम्बईको वानखेडे स्टेडियममा बिहीबार राति भएको ५ सय रनको थ्रिलर म्याचमा साविक विजेता इंग्ल्याण्डलाई ७ रनले पराजित गर्दै भारतले उपाधि भिडन्त पक्का गरेको हो।

पहिरो पन्छाएपछि जुम्लाका चार केन्द्रका मतपेटिका सदरमुकाम ल्याइँदै

घटनाबारे जानकारी पाएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको निर्देशनमा सडक डिभिजन कार्यालय जुम्लाले तत्काल डोजर परिचालन गरेको थियो।

२०४८ सालपछिकै सबैभन्दा कमजोर मतदान प्रतिशत

निर्वाचन आयोगले बिहीबार सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। यो भनेको २०४८ साल यता सबैभन्दा कमजोर मतदान प्रतिशत हो।

काठमाडौं- १ को मतगणना सुरु हुँदै

सर्वदलीय बैठकले आजै रातिदेखि मतगणना सुरु गर्ने निर्णय भएको काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काले जानकारी दिए।

सिरहामा ६५ प्रतिशत मतदान, पुरुषभन्दा महिला मतदाता धेरै

चारवटै निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ९० हजार ४४५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हेलिकाेप्टरमार्फत् मतपेटिका ढुवानी कार्य बिहीबार सकिएन, शुक्रबार दिउँसोसम्म लाग्ने

निर्वाचन तयारी अन्तर्गत दुर्गम तथा सडक पहुँच कम भएका क्षेत्रमा हेलिकप्टर प्रयोग गरेर मतपेटिका पुर्‍याउने कार्य गरिएको हो।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २४ जना पक्राउ, होल्ड भए २ हजार ५९७ सवारी

देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्