मोरङ क्षेत्र नम्बर ४ मा बिहीबार राति ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेपनि अझै सुरु हुन सकेको छैन।
बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए। दलहरूले प्रतिनिधि पठाउन केही समय लाग्ने भएकाले आधा घण्टा ढिला हुने उनले बताए।
यो क्षेत्रमा कांग्रेसबाट गुरूराज घिमिरे, नेकपा एमालेबाट जिवन घिमिरे, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट अमनलाल मोदी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सन्तोष राजवंशी उम्मेदवार छन् ।
प्रकाशित: २१ फाल्गुन २०८२ २३:३० बिहीबार





