भारत-चीन ‘मित्र र साझेदार’ हुन्, ‘ड्र्यागन र हात्ती’ सँगै नाच्छन् : राष्ट्रपति सी
सीले गएको एक वर्षमा चीन-भारतबीचको सम्बन्धमा सुधार र विकास जारी रहेको भनेका छन्। शुभकामना सन्देशमा उनले भनेका छन्, ‘विश्व शान्ति र समृद्धि कायम राख्न र प्रवर्द्धन गर्न ठूलो महत्व छ।’ उनले चीनले सधैं ‘असल छिमेकी, मित्र र साझेदार’ हुनु दुवै देशका लागि सही विकल्प हुने कुरामा विश्वास गर्दै आएको कुरा पनि स्पष्ट पारेका छन्।

