१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हेलिकप्टर र हेलिकप्टरमा सवार सबै सुरक्षित : विमानस्थल कार्यालय

दोलखाको लाप्चाबाट चरिकोटको लागि उडेको हेलिकप्टर र हेलिकप्टरमा सवार सबैजना सुरक्षित रहेका त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर लाप्चा गुम्बा नजिकै सुरक्षित अवतरण गरेको स्थानीय निकायलाई उदृत गर्दै कार्यालयका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले जानकारी दिए। 

उनका अनुसार काठमाडौंबाट चरिकोटका लागि उडेको मुस्ताङ एयरको हेलिकप्टर चरिकोटबाट लाप्चा गएको र त्यहाँबाट फकिर्ने क्रममा सम्पर्क हुन सकेको थिएन। 

यद्यपी अहिले हेलिकप्टर लाप्चा गुम्बा नजिकै सुरक्षित अवतरण गरेको जानकारी आएको उनले बताए। उनका अनुसार हेलिकप्टरमा चालक दलका एक जनासहित ६ जना थिए।

प्रकाशित: १३ चैत्र २०८२ १७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App