१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । 

आजको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले जेनजी आन्दोलनको अवस्था अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

त्यस्तै बैठकले शहीदप्रति सम्मान गरेको बताउँदै उनले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न भोलि नै खाका तयार पार्ने निर्णय भएको उनले बताए । 

प्रकाशित: १३ चैत्र २०८२ १७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App