१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

३९ वर्षको उमेरमा आमा बन्दै इन्दिरा जोशी

चर्चित गायिका तथा मोडेल इन्दिरा जोशी ३९ वर्षको उमेरमा आमा बन्ने भएकी छिन्।

शुक्रबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।

उनले तस्बिर सार्वजनिक गर्दै शुभचिन्तक र फ्यानहरुलाई  सरप्राईज दिएकी हुन्। उनले सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गर्दै लेखेकी छिन्, ‘नयाँ शुरुवात’। उनले यसअघि कहिँकतै आफू आमा बन्न लागेको छनक दिएकी थिइनन्।

जोशीले सन् २०२३ मा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी थिइन्। तीन वर्षको लामो प्रेमसम्बन्धपछि यी दुईले विवाह गरेका थिए। विवाह गरेको झन्डै ४ वर्ष पुग्न लाग्दा यी दुईले पहिलो सन्तानलाई स्वागत गर्न लागेका हुन्। उनलाई कलाकार र प्रशंसकले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।

उनले नेपाली चलचित्र लूटमा आइटम गीत ‘उध्रेको चोली’ मा स्वर दिएपछि निकै चर्चा पाएकी थिइन्।

प्रकाशित: १३ चैत्र २०८२ १७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App