नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतका विदेशमन्त्री डा. एस जयशङ्करले बधाई दिएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै जयशङ्करले सफल कार्यकालको शुभकामना दिए।
यस्तै, उनले परराष्ट्रमन्त्री खनालसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको बताउदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउने बताए।
प्रकाशित: १३ चैत्र २०८२ १७:०५ शुक्रबार





