२१ असार २०८१ शुक्रबार
image/svg+xml

पोखराका चारठाउँमा छठ मनाउने तयारी

पोखरामा यस वर्ष चार ठाउँमा सामुहिक छठ पूजा गरिने भएको छ। नेपालको तराई तथा भारतको विभिन्न ठाउँमा स्थायी घर भई पोखरामा बसोबास गर्दै आएकाहरुले फरकफरक चार ठाउँमा सामुहिक छठ पूजा गरिने भएको हो।

नेपाल सम्वत् ११४३ को स्वागतार्थ पोखरामा भिन्तुना र्‍याली

शताब्दी पुरुष सत्य मोहन जोशीको निधनको शोकमा काठमाडौंमा भिन्तुना र्‍याली ननिकाले पनि पोखरामा भने भव्य रुपमा र्‍याली निकालिएको हो। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लगातार दुई वर्षसम्म पोखरामा ननिकालिएको भिन्तुना र्‍याली यसवर्ष तीन वर्षपछि निकालिएको हो।

पोखरा घुम्न आएका विदेशीलाई भाइटीका

‘कोभिडले गर्दा सबै पर्यटक दोहोरिन पाएका छैनन्। अहिले टीका लगाउने सबै पाहुनाका लागि यो पहिलो अनुभव हो,’ उनले भने, ‘नेपाली संस्कृतिबारे पक्कै पनि अन्तर्राष्ट्रियस्तरसम्म यो महोत्सवले सन्देश फैलाउन सकेको छ।’ आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उनले सुनाए।

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ। विदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो।

ढकमक्क सयपत्री (फोटोफिचर)

तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने व्यवसायीले बताउने गरेका छन। बजारको माग मध्ये केही स्थानीय र अपुग अन्य जिल्लाबाट ल्याउने गरिएको छ।

पोखराको प्याराग्लाइडिङः सराङकोटबाट ‘टेण्डम’ मात्र, ‘सोलो’ उड्न नपाउने

पोखराको सराङकोट आकाशमा प्याराग्लाइडिङको व्यवसायिक बाहेक अन्यखालका कुनैपनि उडान गर्न नपाउने गरि नेपालको हवाई सेवाको नियमनकारी निकाय प्राधिकरणले प्रतिबन्ध लगाएको छ। अघिल्लो आइतबार मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटनापछि प्राधिकरणले पाँच बुँदे शर्तअघि सार्दै पहिलो नम्बरमा सराङकोटको आकाशलाई व्यवसायिक उडानमा मात्र उपयोग गर्नुपर्ने भनेको छ। व्यवसायिक उडान मात्र गर्न पाउने भएपछि अब सराङकोटबाट सोलो उडान विस्थापित भएको छ।

प्रशिक्षणस्थलकै अभावमा महिला हक्कीको सफलता

पोखरा रंगशाला देशकै ठूलो रंगशाला हो। ४१५ रोपनी क्षेत्रफलको रंगशाला अधिकांश खेलका पूर्वाधार छन्। धेरै खेल त्यही रंगशालामा हुन्छ। तर हक्की भने त्यो परिवेशमा अभागी छ। मैदान छैन्। प्रशिक्षणस्थलको अभाव छ। राष्ट्रिय प्रतियोगिताको लागि प्रदेशस्तरीय छनोट सबै खेलका भए। हक्कीको भने सिधै प्रदेश छनोट गरियो।

फेन्सी पसलमा पोखरा महानगरको अनुगमन, दुई पसललाई जरिवाना

तिहारको पूर्वसन्ध्यामा पोखरा महानगरपालिकाले पोखराका पसलहरु अनुगमन गरेको छ। शुक्रबार महानगरपालिकाले कपडा पसल(फेन्स)को अनुगमन गरेको हो। अनुगमनको क्रममा ब्यवसाय दर्ता विना सञ्चालन भएका,दर्ता भएपनि नविकरण नभएको भेटिएको र खरिद विल नभएको फेला परेको थियो।

पोखराका पर्यटन व्यवसायी भन्छन्: व्याजदर नघटे तिहारपछि राष्ट्र बैंक र अर्थमन्त्रालय घेर्छाैं

बैंक तथा वित्तीय संस्थाले अचाक्ली रुपमा कर्जाको ब्याजदर बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्याजदर बढ्दा व्यवसायीलाई कर्जा तिर्न सकस भएको भन्दै उनीहरुले अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्नेसम्मको चेतावनी दिएका छन्। एकल अंकमा लिएको कर्जाको ब्याजदर बढाएर अहिले दोब्बर पु¥याएको व्यवसायीको गुनासो छ।

पोखराको यातायात प्रणाली सुधार्न कोरियाले सघाउने

पोखराको अहिलेको सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्न कोरियाले चासो देखाएको छ।

पुरुष भलिबलः सेमिफाइनल समिकरण पूरा

क्वाटरफाईनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको हो।

नवौँ राष्ट्रिय खेलकुद: गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो।

क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण

एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

महिला क्रिकेटमा बागमती प्रदेशले कास्य जित्यो

पोखरा रङ्गशालामा तेस्रो स्थानको लागि आज भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो।

नवौँ राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

टीकामायाले ‘स्न्याच’ विधमा ६० र ‘क्लिन एण्ड जर्क’मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्