९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

ढकमक्क सयपत्री (फोटोफिचर)

पोखराको दुइकुला मुहानमा खेती गरिएको फूल टिप्दै किसान। तस्बिरः उमेश पुन/नागरिक

तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने व्यवसायीले बताउने गरेका छन। बजारको माग मध्ये केही स्थानीय र अपुग अन्य जिल्लाबाट ल्याउने गरिएको छ। स्थानीय किसानले रोपेको फूलको थुंगा अहिले धमाधम टिपिरहेका छन। यहाँ धानखेतीको साटो फूलखेती गर्ने किसान पनि पर्याप्त छन। त्यसबाहेक तिहार लक्षित गर्दे जग्गा भाडामा लिएर पनि यहाँ फूल खेती गरिन्छ।

‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरेका छौं,’ फ्लोरिकल्चर एशोशिएसन कास्की अध्यक्ष दिलबहादुर गुरुङले भने। पोखरामा खपत हुने फूलमध्ये स्थानिय उत्पादनले ८० प्रतिशत धान्छ। बाँकी २० प्रतिशत भारतबाट आयातीत फूलले धान्ने उनले जानकारी दिए। उनका अनुसार स्थानिय उत्पादनले धान्ने फूलको बजार पोखरा एक्लैले भने धान्दैन। यहाँ खपत हुने फूल धादिङ, गोरखा, लमजुङ लगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको उनले बताए।

पोखरामा खपत हुने फूल मध्ये ८० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी २० प्रतिशत पुष्प ब्यबसायीले उत्पादन गर्ने गरेका छन्। एशोशिएसनका निवर्तमान अध्यक्ष दयाकुमार द्वा का अनुसार तिहारमा पुष्प व्यवसायीले ५० लाख रुपैयाँ बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड बढी बेच्ने गरेका छन्।

 

प्रकाशित: ७ कार्तिक २०७९ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App