१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय नेपाल प्रहरीको पुलिस क्लबले भारत्तोलनमा अर्को स्वर्ण थपेको छ। पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा आज दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसका टीकामाया गुरुङले स्वर्ण जिते। यसअघि आइतबारको उद्घाटन खेलमा प्रहरीले तीन स्वर्ण र सेनाले एक स्वर्ण जितेका थिए।

टीकामायाले ‘स्न्याच’ विधमा ६० र ‘क्लिन एण्ड जर्क’मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए। नेपाली सेनाका प्रभा थारूले ‘न्याच’मा ५८ र ‘क्लिन एण्ड जर्क’मा ७१ गरी कुल एक सय २९ केजी भार उठाउँदै रजत पदक जित्दा लुम्बिनी प्रदेशका कृष्णकला विष्टले कास्य पदक जिते। उनले ‘स्न्याच’तर्फ ५६ र ‘क्लिन एण्ड जर्क’मा ७२ गरी कुल एक सय २८ केजी तौल उठाउन सफल भए।  प्रतियोगितामा १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा दोस्रो दिन चार स्वर्णको छिनोफानो हुनेछ। सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजीतौल समूहमा खेल हुनेछ। आगामी कात्तिक २ गतेसम्म सञ्चालन भारेत्तोलनको प्रतिस्पर्धामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०–१० इभेन्टमा खेल हुनेछ। जसमा महिला ७६ र पुरुष ९६ गरी कुल एक सय ७२ खेलाडीले भाग लिएकामा प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। रासस

प्रकाशित: ३१ आश्विन २०७९ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App