८ पुस २०८१ सोमबार
image/svg+xml

केयुमा अध्ययनसँगै रोजगारी

काठमाडौं विश्वविद्यालयले अध्ययनसँगै रोजगारीलाई पनि सँगसँगै अघि बढाउने भएको छ। विश्वविद्यालयले स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ७० जना विद्यार्थीलाई रोजगारी कार्यक्रम गरेर स्वरोजगारतर्फ अग्रसर गराउने भएको छ।

हजार र्‍यांकिङभित्रका विश्वविद्यालयको सम्बन्धनमा मात्र कलेज खोल्न दिइने

हालसम्म विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन अनुमति लिएर नेपालमा सञ्चालन भइरहेका शिक्षण संस्थाहरूको र्‍यांकिङ मन्त्रालयले हेरेको छैन। नेपालमा सञ्चालन हुने कार्यक्रम नै सञ्चालन भइरहेका छन्। नवीकरण तथा छात्रवृत्तिलाई समेत मन्त्रालयले व्यवस्थापन गर्न सकेको छैन।

रासायनिक मल कारखाना अध्ययनका लागि सम्झौता

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनस्थित डिआईएजी इण्डस्ट्रिज बीच सम्झौता भएको छ।

सिकाइमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने अध्ययनको निष्कर्ष

बालबालिको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ।

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

फूलजस्तै भक्तपुर

कसैले भनेका छन्– ‘उपदेशक बन्नु त फूलजस्तै। जसले केही बोल्दैन तर उसलाई हेरेर सबैले सिक्छन्।’ त्यस्तै फूलको बाटोमा फक्रँदै छ सांस्कृतिक नगरी भक्तपुर। शिक्षा, स्वास्थ्य र सम्पदाका क्षेत्रमा नगरले मारेको फट्कोले जोकोहीको मन छुने गरेको छ।

जलहरी अध्ययन गर्न संसदीय समिति गठनको माग

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसद्मा गराउन माग गरे।

योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन्।

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ।

याे वर्ष छ सय झोलुङ्गे पुल निर्माण हुने

यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ। एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम संख्यामा सम्पन्न हुन लागेको हो।

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

घन्टौंसम्म स्मार्ट फोन चलाउने बालबालिकामा मानसिक समस्या देखिन थालेकाले उपचार केन्द्रमा यस्ता समस्या लिएर पुग्ने अहिले थुप्रै छन्। तर उनीहरूको अध्ययन भएको छैन।

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउँदा सांसद्हरूको ताली, अर्थमन्त्री र सभामुखको हाँसो

अर्थमन्त्री डां रामशरण महतले नेपालमा गाँजा खेतीको लागि सम्भाव्य अध्ययन गरिने बताएका छन्। औषधीजन्य प्रायोजनको लागि गाँजा खेतीको अध्ययन गरिने अर्थमन्त्री बताए।

अब एनओसी आफैं लिन सक्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा हासिल गर्न वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने सवालमा अब मन्त्रालय धाउन नपर्नेगरी निर्देशिका कार्यान्वयनमा ल्याएको छ।

९ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालमा ९ खर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

विद्यार्थी बिदेसिने क्रमप्रति चिन्ता

उच्च शिक्षा अध्ययन गर्न विद्यार्थी बिदेसिने क्रम बढ्दै जानु जटिल समस्या भएको सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्