७ वैशाख २०८१ शुक्रबार
राजनीति

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउँदा सांसद्हरूको ताली, अर्थमन्त्री र सभामुखको हाँसो

अर्थमन्त्री डां रामशरण महतले नेपालमा गाँजा खेतीको लागि सम्भाव्य अध्ययन गरिने बताएका छन्। औषधीजन्य प्रायोजनको लागि गाँजा खेतीको अध्ययन गरिने अर्थमन्त्री बताए। उनले यो घोषणा गर्दा सांसद्हरुले तालीको गटगडाहट सुनिएको थियो। तालीको आवाज सुनेपछि अर्थमन्त्री महत, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसमेत हाँसेका थिए।  

त्यस्तै सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ। अर्थमन्त्री महतले कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको बताए। उनले उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताए।  उनले बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउनु बताए। उनले कृषि अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताए। उनले कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने सरकारको अपेक्षा रहेको बताए।

प्रकाशित: १५ जेष्ठ २०८० ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App