२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

फूलजस्तै भक्तपुर

भक्तपुरको अध्ययन भ्रमणमा आएका राष्ट्रिय सभाअन्तर्गत विधायन समितिका सदस्यहरू।तस्बिर: उपेन्द्र लामिछाने/नागरिक

भक्तपुरको अध्ययन भ्रमणमा आएका राष्ट्रिय सभाअन्तर्गत विधायक समितिका एक सदस्य सांसदले बुधबार मेयर सुनिल प्रजापतिलाई सोधे–भक्तपुरले शिक्षा, स्वास्थ्य र सम्पदाका क्षेत्रमा यत्रो काम गरिरहेको छ। तपाईंहरूले यो कामका बारेमा किन मिडिया अथवा सामाजिक सञ्जालमा ल्याउनु हुन्न। सानासाना कुरा त भाइरल हुन्छन्। यहाँ त गजबको कुरा छ त।

मेयर प्रजापति मुस्कुराए र भने–हामीले राम्रो काम गर्ने हो, जनताका लागि गर्ने हो। भक्तपुरमा गरेका कामको प्रचार हामी आफूले गर्नुपर्दैन। यहाँ आउने सबैले प्रभावित बन्ने छन्। सम्भवतः बनिरहेका छन्।

उनको कुरा सुन्दा फूलका बारेमा एउटा भनाइ याद आयो। कसैले भनेका छन्-‘उपदेशक बन्नु त फूलजस्तै। जसले केही बोल्दैन तर उसलाई हेरेर सबैले सिक्छन्।’ त्यस्तै फूलको बाटोमा फक्रँदै छ सांस्कृतिक नगरी भक्तपुर। शिक्षा, स्वास्थ्य र सम्पदाका क्षेत्रमा नगरले मारेको फड्कोले जो कोहीको मन छुने गरेको छ।

भक्तपुरले शिक्षा, स्वास्थ्य र सम्पदाका क्षेत्रमा यत्रो काम गरिरहेको छ। तपाईंहरूले यो कामका बारेमा किन मिडिया अथवा सामाजिक सञ्जालमा ल्याउनु हुन्न। सानासाना कुरा त भाइरल हुन्छन्। यहाँ त गजबको कुरा छ त।

यहाँ हरेक दिन आउने सयाैं विदेशी पर्यटकसँगै हजारौं आन्तरिक पर्यटक प्रभावित बन्ने गरेका छन्। भक्तपुरले गरेका सकारात्मक कामहरूको अध्ययन भ्रमणका लागि दैनिक विभिन्न नगरपालिका तथा गाउँपालिकाका अध्यक्षहरू आउने क्रम जारी छ।

कसैले यहाँबाट शिक्षा क्षेत्रमा मारेको फड्को अध्ययन गर्ने गरेका छन् त कसैले सम्पदा संरक्षण नगरले कसरी अरूको मुख नताकी काम गर्‍यो भनेर बुझ्न आउने गरेका छन्। कसैले यहाँको फोहोर व्यवस्थापनको तरिका अध्ययन गर्दै छन् त कसैले स्वास्थ्यका क्षेत्रमा गरेका उल्लेखनीय प्रगतिको कुरा चाख मानेर सुन्ने गरेका छन्।

फूलजस्तै भक्तपुरका मालि बनेका छन् यसका मेयर सुनिल प्रजापति। सरल स्वभावका प्रजापतिले जनतासँगै हातेमालो गर्दै विकासका मूल फुटाएका छन्। ‘हाम्रो सम्पत्ति भनेकै हाम्रा जनता हुन्,’ उनले भने, ‘जनताको साथले जनताका लागि हामी काम गर्दै छौं।’

भक्तपुरमा फूल फुलाउने सपना देख्ने अर्का आदरणीय व्यक्ति हुन्– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे। भक्तपुरमा नारायणमान दाइको नामले परिचित बिजुक्छे त्यहाँको समग्र विकासमा दत्तचित्त छन्। कतिपय नेता सत्ता र स्वार्थको राजनीतिमा एक वर्षपछिको कुरा पनि नदेख्ने गरेको समयमा उनले एक सय वर्षपछिको भक्तपुर भन्ने अवधारणा ल्याइसकेका छन्।

कसैले यहाँबाट शिक्षा क्षेत्रमा मारेको फड्को अध्ययन गर्ने गरेका छन् त कसैले सम्पदा संरक्षण नगरले कसरी अरूको मुख नताकी काम ग¥यो भनेर बुझ्न आउने गरेका छन्। कसैले यहाँको फोहोर व्यवस्थापनको तरिका अध्ययन गर्दै छन् त कसैले स्वास्थ्यका क्षेत्रमा गरेका उल्लेखनीय प्रगतिको कुरा चाख मानेर सुन्ने गरेका छन्।

यसै मेसोमा बुधबार भक्तपुरको अध्ययन भ्रमणमा आएका राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका माननीयहरू कसरी भक्तपुरे मोडलबाट अप्रभावित बन्न सक्थे र। खासमा राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईको नेतृत्वमा समितिका सदस्यहरूले प्रदेश तथा स्थानीय तहको कानुन निर्माण प्रक्रिया र भक्तपुर नगरपालिकाका असल अभ्यासबारे अनुभव आदानप्रदान गर्न आएका हुन्।

सांसदहरूद्वारा व्यक्त जिज्ञासामाथि प्रस्ट पार्दै मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले आवश्यक ऐन, नियम, कार्यविधि र निर्देशिका तयार गरी कार्यान्वयन गर्दै आइरहेको जानकारी गराउँदै हालसम्म २५ वटा ऐन, ३ वटा नियम, ६ वटा विनियम, १३ वटा कार्यविधि, ९ वटा निर्देशिका र एउटा नीति गरी कुल ५६ वटा कानुन निर्माण गरिसकेको जानकारी गराए।

तर संसद्हरूको ध्यान कानुनसँगै विकासको भक्तपुर माडेलले पनि तान्यो। टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङलगायतको स्थलगत अवलोकन गरे। साथै संस्थाहरूको इतिहास, स्थापनाको उद्देश्य, त्यहाँबाट प्रवाहित सेवा सुविधा, सांगठनिक स्वरूप, विद्यार्थी भर्ना संख्याको आधारमा भर्ना विवरण, शिक्षक तथा कर्मचारी विवरण र कलेजहरूमा अध्ययन भइरहेको विषय तथा शूल्क संरचनाबारे विस्तृतमा जानकारी हासिल गर्नुभएको थियो।

उनीहरू भक्तपुरको विकासबाट प्रभावित बने। नबनून् पनि किन? विद्यालय तथा कलेज स्थापना तथा सञ्चालनमा नगरले देखाएको बुद्धिमत्ताका कारण यहाँका गल्लीगल्लीमा इन्जिनियर तयार भएका छन्। नगरका चोकचोकमा स्नातक तथा स्नातकोत्तर अध्ययन गरेका छोरीहरू भेटिन थालेका छन्।

शिक्षालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गर्न शिशु स्याहारदेखि विश्व विद्यालयसम्म सञ्चालन गरेको छ। हाल विभिन्न वडामा ७ वटा शिशु स्याहारकेन्द्र, दुई वटा इन्जिनियरिङ कलेजसहित ८ वटा शैक्षिक संस्था सञ्चालन गरी न्यून शूल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

शिक्षालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गर्न शिशु स्याहारदेखि विश्व विद्यालयसम्म सञ्चालन गरेको छ।

त्यस्तै यहाँ रोगीलाई अस्पतालमा मात्र होइन, उनीहरूको उचित स्वास्थ्यका लागि घरदैलोमै नर्सिङ सेवा पनि उपलब्ध गराएको छ। नगरपालिकाले ४ वटा स्वास्थ्य केन्द्रहरू, १ सय शैड्ढयाको ख्वप अस्पताल, घर दैलो नर्सिङ सेवा र विभिन्न रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्दै भक्तपुर नगर क्षेत्रमा २० मिनेटभित्र स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्या मिलाइरहेको छ।

नगरको मुख्य सान सम्पदाको क्षेत्रमा त झनै उल्लेखनीय प्रगति छ। नगरले सम्पदा संरक्षणमा नगरबासीको सहयोग लिएको छ। परम्परागत सिपको ज्ञान राख्ने ज्येष्ठ नागरिकलाई समेत उचित सम्मान दिएर नयाँ पिँढीको हातमा सिप हस्तान्तरण गर्ने कार्यमा नगरपालिकाले सफलता हासिल गरेको छ। आफ्नै जिल्लामा उत्पादन भएका डकर्मी र इन्जिनियरको सहयोगमा सम्पदाको उत्कृष्ट पुनर्निर्माण हुँदै छ।

सम्पदा क्षेत्रको अवलोकन भ्रमण गर्ने पर्यटकबाट शुल्क संकलन गर्दै ऐतिहासिक सांस्कृतिक र पुरातात्विक महत्वका विश्व सम्पदामा सूचीकृत नगरका मौलिक सम्पदाहरूको मौलिकता जोगाउन सक्षम। स्थानीय स्रोत, साधन, सिप र प्रविधि प्रयोग गरी उपभोक्ता समितिमार्फत मितव्ययिता अपनाई पारदर्शी ढंगले संरक्षण सम्वर्धन र पुनर्निर्माण गर्न सक्षम भएको छ।

राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापना गर्ने बाटोमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि अग्रसर भएको बताउँदै संघीय लोकतान्त्रिक व्यवस्थालाई सफल तुल्याउन स्थानीय तहहरूलाई अधिकार सम्पन्न पार्नुपर्ने धारणा राखिन्।

उनले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेज र ख्वप अस्पताल भ्रमण गर्ने अवसर पाएकोमा खुसी प्रकट गर्दै उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनर्निर्माणलगायतका क्षेत्रमा सह्राहनीय काम गरिरहेको बताइन्।

‘भक्तपुरको विकासको मोडल प्रशंसनीय भएको र भक्तपुर अहिले सबैका लागि अध्ययन गर्ने थलोका रूपमा विकास भएको छ,’ उनले भनिन्, ‘भ्रष्टाचारशून्य र पारदर्शिता नै यस नगरको विशेषता देखियो।’

सम्पदा क्षेत्रको अवलोकन भ्रमण गर्ने पर्यटकबाट शुल्क संकलन गर्दै ऐतिहासिक सांस्कृतिक र पुरातात्विक महत्वका विश्व सम्पदामा सूचीकृत नगरका मौलिक सम्पदाहरूको मौलिकता जोगाउन सक्षम।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको संक्षिप्त जानकारीसहितको प्रस्तुतीकरण देखाउँदै नेपालको संविधानले कल्पना गरेको समाजवादउन्मुख व्यवस्था स्थापनामा भक्तपुर नगरपालिकाले जोड दिँदै आइरहेको बताए।

 उनले विकास निर्माणको काम गर्ने स्थानीय तह हुँदा हुँदै संसद् विकास कोषको व्यवस्था उचित नभएको धारणा राखे।

कार्यक्रममा अन्य संसद्हरूले पनि भक्तपुरले गरेको कामको तारिफ गर्दै अरूहरूले पनि यसबाट सिक्नुपर्ने धारणा राखे।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको संक्षिप्त जानकारीसहितको प्रस्तुतीकरण देखाउँदै नेपालको संविधानले कल्पना गरेको समाजवादउन्मुख व्यवस्था स्थापनामा भक्तपुर नगरपालिकाले जोड दिँदै आइरहेको बताए।

यस्तो धारणा राख्नेमा उक्त अध्ययन भ्रमणमा समितिका माननीय उदयबहादुर बोहरा, खिमलाल देवकोटा, गंगा कुमारी बेल्बासे, तारामान स्वार, देवेन्द्र दाहाल, नारायणदत्त मिश्र, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, राधेश्याम पासवान, सुरेशकुमार आलेमगर तथा माननीय अनिता देवकोटा थिइन्। दिउँसो २ बजे भक्तपुर आएका उनीहरूले झन्डै ३ घन्टा उत्साहका साथ भक्तपुरको अध्ययन भ्रमणमा बिताए।

भक्तपुर फूलजस्तै फक्रँदै छ। तर फक्रँदै गरेको भक्तपुरमा सरकारी काँडाले केही समस्या पारेको मेयरको बुझाइ छ। ‘संघीयता भनिएको छ तर अझै अधिकार दिन हिचकिचाइएको छ,’ मेयर प्रजापतिले भने, ‘सरकारको यो काँडाजस्तो व्यवहारले भक्तपुरवासी दुःखी छन्।’

हामीले राम्रो काम गर्ने हो, जनताका लागि गर्ने हो। भक्तपुरमा गरेका कामको प्रचार हामी आफूले गर्नुपर्दैन। हाम्रो काम हेरेर यहाँ आउने सबै प्रभावित बन्ने छन् अनि बनिरहेका छन्।

सुनिल प्रजापति

प्रमुख, भक्तपुर नगरपालिका

शिक्षामा आफूहरूले गरेको कार्यको सबैले सह्राहना गरे पनि राज्यले नसुनेको उनले सुनाए। ‘देशभरका नानीहरू आएर यहाँ अध्ययन गर्छन्, हामीले सुलभ मूल्यमा गुणस्तरीय शिक्षा दिँदै आएका छौं,’ उनले भने, ‘तर भक्तपुरको सपना ख्वप विश्वविद्यालय अझै पूरा हुन सकेको छैन।’ त्यस्तै स्वीकृति पाए निकै सरल मूल्यमा चिकित्साशास्त्रको पनि अध्ययन गराउने लक्ष्य लिएको उनले बताए।

स्वागतमा पनि भव्य भक्तपुर

अध्ययन भ्रमणका क्रममा आएको टोलीको स्वागतमा पनि समृद्ध नगरले कुनै कमी गरेन। टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीसहित ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा स्वागत गरे।

प्रमुख प्रजापतिले सांसद राईलाई मयुर झ्याल र नगरपालिकाका प्रकाशन तथा कलेजका प्रकाशनहरू उपहारस्वरूप प्रदान गरे। भक्तपुरे स्वागतबाट प्रभावित सांसदहरू कार्यक्रम सकिएर फर्कंदै गर्दा पनि फूलजस्तै मुस्कुराइरहे। 

प्रकाशित: १६ असार २०८० ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App