coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

विद्यार्थी बिदेसिने क्रमप्रति चिन्ता

फाइल तस्वीर

उच्च शिक्षा अध्ययन गर्न विद्यार्थी बिदेसिने क्रम बढ्दै जानु जटिल समस्या भएको सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक, संस्थागत र सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालयका प्रधानाध्यापकको भेलामा यस्तो चिन्ता व्यक्त गरिएको हो।

कार्यक्रमका नगर प्रमुख सुनिल प्रजापतिको स्वदेशमै गुणस्तीयर शिक्षा दिएर विदेश जाने विद्यार्थीलाई रोक्नुपर्ने आवश्यकता औंल्याए। यसका लागि विद्यालयलाई राम्रो बनाउन शिक्षक समयसापेक्ष प्रविधिमैत्री हुनुपर्नेमा उनले जोड दिए।

भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेंले भनपाले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई समान रूपमा अगाडि बढाउने सोचले कार्य गर्दै आएको बताए। भनपा-९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्यलगायतले नगर शिक्षा शाखाले आउँदो शैक्षिक वर्षमा सञ्चालन गरिने कार्यक्रमबारे प्रस्तुतीकरणसहित विस्तृत विवरण देखाइएको थियो।

प्रकाशित: २६ वैशाख २०८० ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App