११ पुस २०८१ बिहीबार
image/svg+xml

सिफारिसविपरीत २६ क्याम्पसलाई २५ करोड बाँड्ने तयारी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको बुभिएको छ। जसमा त्रिविअन्तर्गतका २४ वटा र सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयका एकएकवटा क्याम्पस छन्।

पानीजहाजबारे पुनः अध्ययन गरिने

पानीजहाज सञ्चालनका लागि भन्दै तीन साताअघि काठमाडौंमा कार्यालय स्थापना गरिए पनि त्यसबारे अझै अध्ययन गर्नु आवश्यक देखिएको छ। नेपाल र भारतका प्राविधिकसहितका अधिकारीहरूको दुईदिने स्थलगत अध्ययन र दुईदिने छलफलपछि पानीजहाज सञ्चालनका लागि पुनः अध्ययन गर्ने निर्णय गरिएको हो।

सकियो पानीजहाज अध्ययनको स्थलगत भ्रमण

नारायणी र कोसी नदीमा पानीजहाज चलाउन सकिने/नसकिनेबारे नेपाल र भारतका उच्च अधिकारीले स्थलगत अध्ययन गरेका छन् । पानीजहाज चलाउने विषय नेपाली प्राविधिकका लागि नयाँ भएकाले दुई देशका अधिकारीहरूले संयुक्त रूपमा सम्भाव्यता अध्ययन गरेका हुन् ।

पानीजहाजका लागि स्थलगत अध्ययन

नारायणी र कोसी नदीमा पानीजहाज चलाउन नेपाल र भारतका उच्च अधिकारी सम्मिलित टोलीले स्थलगत रूपमा सम्भाव्यता अध्ययन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै पानीजहाज हुने बताइरहेको बेला दुई देशको प्राविधिक सम्मिलित टोलीले ती नदीमा पानीजहाज चल्न सक्ने, नसक्ने विषयमा अध्ययन थालेको हो ।

यात्रा योग अध्ययनको

त्रिभुवन विश्वविद्यालयको यो एउटा ऐतिहासिक कदम हो, जसले नेपालमा पहिलोपटक योगसम्बन्धी एकेडेमिक पठनपाठन प्रारम्भ गर्दैछ।

अष्ट्रेलियामा अलपत्र विद्यार्थीकाे समस्या बुझ्न छानबिन समिति

अष्ट्रेलियामा नर्सिङ अध्ययन गर्न गएका १२ विद्यार्थी अलपत्र परेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले घटनाबारे अध्ययन अनुसन्धान गर्न छानविन समीति गठन गरेको छ। शिक्षा,विज्ञान तथा प्राविधि मन्त्री गिरीराजमणी पोखरेलले अष्ट्रेलियामा पढ्न गएका विद्यार्थी कसरी र किन अलपत्र परे, विद्यार्थीको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न घटना अध्ययन तथा समस्या समाधान गर्न छानविन समीति गठन गरेको बताए।

अस्ट्रेलियामा अध्ययन अल्झन

एआइबिटीमा अलपत्र परेका नेपाली विद्यार्थीहरूको भिडियोले सन् २००७ मा हामीलाई ब्रिसबेनमा परेको विपत्को समय स्मरण भयो। साफ्सटन कलेजमा कोर्स सक्न मात्र दुई महिना बाँकी रहँदा कलेजलाई सरकारले बन्द गर्‍यो। त्यतिखेर नेपाली समुदाय ठूलो थिएन र हामी विद्यार्थी नै मिलेर क्यानबेरामा अपिल गर्‍याँै, विरोध गर्‍यौँ र कलेजले धेरैजसो विद्यार्थीको पूरा शुल्क फिर्ता दियो। त्यसपछि टेफले हाम्रो बाँकी कोर्स पूरा गरिदिएर हाम्रो उद्धार गर्‍यो। त्यतिखेर जस्तो सजिलो अहिले नहुन सक्छ।

सहज छैन अमेरिकामा अध्ययन

बर्नहार्टबाट कक्षा ११ र १२ मा ८५ प्रतिशत ल्याई उत्तीर्ण भएका सन्तोष ज्ञवाली उच्च शिक्षाका लागि अमेरिका गए। पढाइसँगसँगै काम पनि गर्न पाइने भएकाले अमेरिका आएको उनले बताए। उनी इभान्सभिले विश्वविद्यालयमा छात्रवृत्तिमा गणित विषय लिएर स्नातक गरिरहेका छन्।

सम्भाव्यता अध्ययन कार्य ६०% सकियो

चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम ६० प्रतिशत सकिएको छ। आगामी चैत १२ गतेभित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने भएकाले कामलाई तीव्रता दिइएको हो। सम्भाव्यता अध्ययन सकिएपछि वातावरणीय पक्षको अध्ययन गरिने छ।

स्वयम्भूका दुई आँखाले...

सरकारले स्वयम्भूको गर्भ अध्ययन शुरु गरेको छ। भूगर्भविद् डा. रञ्जनकुमार दाहाल नेतृत्वको टोलीले अध्ययनको जिम्मा पाएको छ। दाहालका अनुसार स्वयम्भूको जमिन आफ्नो धरातलमा छैन। स्वयम्भूको थुम्को दायाँबायाँ पहिरो जान सक्ने वा भासिन सक्ने खतरा छ।

उदयपुरमा मेडिकल कलेज खुल्ने, कार्यदल टोलीद्वारा सम्भाव्यता अध्ययन

संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै उदयुरमा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन सम्भाव्यता अध्ययन सुरु भएको छ। सदरमुकाम त्रियुगा नगरपालिकामा कलेज खोल्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न मिल्ने नमिल्ने सम्भाव्यता अध्ययन गर्न आएको टोलीले सरोकारवालासँग छलफल गर्नुका साथै बिभिन्न ठाउँको अवलोकन गरेको छ।

वाइड बडीमा गहन अध्ययनबिनै निष्कर्ष

समितिले उपसमिति बनाएर १५ दिन अध्ययन गरेपछि तयार पारिएको प्रतिवेदनमा तत्कालीन पर्यटन सचिव प्रेम राई (हाल गृह) वाइड बडी खरिद प्रकरणमा संलग्न रहेको भन्दै तत्काल निलम्बन र कारबाहीको सिफारिस गर्‍यो। तर, त्यसको तीन दिनपछि समितिमा थप छलफल गर्दा सचिव राईको संलग्नता देखिएन।

पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको भन्दै विद्यार्थीद्वारा तोडफोड

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आइतबार भएको भौतिक शास्त्र स्नातकोत्तर विषयको आंशिकतर्फका परीक्षार्थीहरु पाठ्यक्रमभन्दा बाहिरका प्रश्न सोधिएको भन्दै परीक्षा बहिष्कार गरेका छन्।

निजी कलेजलाई सम्बन्धन रोक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ।

सिमेन्ट उत्पादन गर्न भौगर्भिक अध्ययन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको बोझेढाँडमा रहेको चुनढुंगाबाट सिमेन्ट उत्पादन गर्न विस्तृत भौगर्भिक अध्ययन थालिएको छ। हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा रहेको बोझेढाँढमा पाइने चुनढुंगाबाट सिमेन्ट उत्पादनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभागले भौगर्भिक अध्ययन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्