२७ पुस २०८१ शनिबार
image/svg+xml

भारतीय तरकारी रोकिएपछि किसान उत्साहित

विषादी परीक्षणबिना आयात हुने तरकारी तथा फलफूलका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै भन्सार विभागले असार २ गते तरकारी फलफूल आयात बन्द गर्न भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

सुदूरपश्चिम प्रदेशः बजेटमाथि छलफलै सुरु भएन

सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि असार १ गते प्रदेश सभा बैठकमा प्रस्तुत गरेको बजेटमाथि अझै छलफल सुरु हुन सकेको छैन।

प्रधानमन्त्री कप महिला क्रिकेट : फाइनलमा सुदूरपश्चिम र एपीएफ भिड्ने

कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा जारी चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागिय टोली एपिएफ फाइनलमा प्रवेश गरेका छन्।

सुदूरपश्चिम पृतनापति उपाधि भवानीबक्सलाई

प्रतियोगिताको अन्तिम दिन कैलालीको तेघरीस्थित सैनिक खेल मैदानमा सम्पन्न फुटबलको फाइनल खेलमा भवानीबक्स गणले भवानीदल गणलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी हात पारेको हो।

राजमार्ग कि मृत्युमार्ग ?

सुदूरपश्चिममा मात्र ११ महिनामा २ सय १२ जनाको मृत्यु सवारी दुर्घटनाबाट भएको छ। यो निकै ठूलो संख्या हो। यस अवधिमा मात्र २ सय १६ सवारी दुर्घटना भएका छन्। सुरक्षा व्यवस्थामा ध्यान नपुगेकै कारण यस्तो भएको हो।

सुदूरपश्चिम विजयी

प्रदेश ५ लाई ५१ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेश आइतबार कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो। महेन्द्रनगरको कवर्डहल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव १ ओभरमा अलआउट हुँदै सय रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले २५ बल खेल्दै ८ चौकाको सहयोगमा ४३ रन जोडिन्। यसै गरी कविता जोशीले २१ बलमा २ चौकाको सहयोगमा १९ रन बनाइन्। रेवती धामीले ९, निशा भट्टले ८, मञ्जु बोकटीले ४ र लक्ष्मी साउदले ४ रन जोडे।

सुदूरपश्चिम ५१ रनले विजयी

कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा प्रदेश ५ लाई ५१ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम बिजयी भएको छ। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो।

सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको आइतबारका लागि तोकिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। बजेटको बिरोधमा रहेका प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपालाई सम्वाद गरेर सहमतिमा ल्याउन नसकिएकाले उनीहरुले संसदमा अवरुद्ध गर्ने कुरालाई मध्यनजर गरेर सभामुखले आइतबार ८ बजे शुरु हुने भनेको बैठक स्थगित गर्ने निर्णय गरेको हो।

एउटै सडकमा तीन योजना

मसुरियाको साझा बजारदेखि तालबन्द जोड्ने अर्को सडकलाई प्रदेश र संसद् विकास कोषले तीनवटा योजना दिएको छ, जुन योजना एउटै सडकमा तेह्रिएको छ।

वितरणमुखी बजेट

सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रदेश सभा बैठकमा आव ०७६÷७७ का लागि प्रस्तुत बजेटमा ठोस योजना नभइ वितरणमूखी भएको विज्ञहरुले बताएका छन्।

सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोड बजेट (पूर्णपाठ)

कैलाली–सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ।

पाँच वर्षभित्र सुदूरपश्चिमलाई समृद्ध बनाउँछु: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम २४ गते पास भयो। यो सँगसँगै बजेट निर्माण भइरहेकाले हामीसँग भएका साधनस्रोत कसरी व्यवस्थित र जनमुखी बनाउन सकिन्छ भन्नेमा व्यस्त छौँ।

किन पठायो प्रदेशले स्थानीय तहलाई ‘खर्च नहुने’ अनुदान ?

सुदूरपश्चिम सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले डोटीको शिखर नगरपालिकालाई जेठ १२ गते ९७ लाख रकम अनुदान प्रदान ग-यो। अनुदानको प्रकार ‘समपुरक’ थियो। नगर क्षेत्रमा ‘ईष्टिमेट’ भएका ९७ लाखको तलकोट लुहाखडी खानेपानी आयोजना र एक करोड ४५ लाखको नगरपालिका परिसरमा संरचना निर्माण गरी दुई करोड ४२ लाखका दुई योजना कार्यान्वयनका लागि त्यो रकम आएको थियो।

घाइते महिलालाई विमान चार्टर गरेर उद्दार

सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विमान चार्टर गरेर घाइतेको उद्दार गरेको छ। भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बुढीनन्दा नगरपालिका–४ कुरुकी सरिता रोकायाको विमान चार्टर गरेर उद्दार गरिएको हो।

हावाहुरी पीडित परिवारलाई २० हजारका दरले दिने सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्