१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला क्रिकेट : फाइनलमा सुदूरपश्चिम र एपीएफ भिड्ने

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा जारी चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागिय टोली एपिएफ फाइनलमा प्रवेश गरेका छन्। 

मंगलबार सम्पन्न भएको पहिलो सेमीफाइनलमा सुदूरपश्चिम प्रदेश र प्रदेश २ बीच तय भएको थियो। तर, वर्षाले भिजेको मैदान नसुकेपछि खेल रद्द हुँदा समूह विजेता रहेको टोली सुदूरपश्चिम उपाधि नजिक पुगेको हो। 
सुदूरपश्चिम समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमीफाइनल पुगेको थियो। महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ।

यसैगरी दोस्रो खेलमा एपीएफले  प्रदेश नं. १ लाई पराजित  गरेको छ। वर्षाका कारण बादित खेलमा एपिएफले टस जितेर पहिले ब्याडिङ्ग रोजेको थियो। उसले आठ ओभरमा एक विकेट गुमाएर ४८ रन जोडेको थियो। डक वर्थ लुईसका आधारणमा प्रदेश नं. १ लाई ५ ओभरमा ४६ रनको लक्ष्य थियो। तर उसले ५ बिकट गुमाउँदै ४१ रनमा सिमित भयो। बुधबार सम्पन्न हुने फाइनलमा सुदूरपश्चिम प्रदेश र विभागिय टोली एपिएफ भिड्ने छन्। 

जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन्।

प्रकाशित: १० असार २०७६ १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App