२७ पुस २०८१ शनिबार
image/svg+xml

कालंगा हाइड्रोको ७० प्रतिशत काम सकियो

नेपालको सबैभन्दा ठूलो निजी लगानीबाट सञ्चालन गरिएको कालंगा हाइड्रोपावरको ७० प्रतिशत काम सकिएको छ। चार वर्षभित्र सबै काम सक्ने र अध्यारोमुक्त सुदूरपश्चिम प्रदेश बनाउने हाइड्रोको लक्ष्य पूरा नहुने देखिन्छ। जिल्लाको दुर्गम रहेको बुंगल नगरपालिकामा सञ्चालन हुन लागेको सानीगाड हाइड्रो ३८ .४६० मेगावाट, कालंगागाड हाइड्रोपावर १५.३३ मेगावाट बुंगल हाइड्रोपावर १०.७५ मेगावाट र बागथाल हाइड्रो आठ मेगावाट गरी करिब ७४ मेगावाट निर्माण हुन लागेको कालंगा हाइड्रोको काम ०७७ भित्र सक्ने गरी ०७३ माघमा सञ्चालन गरिएको भए पनि राज्यको असहयोग र स्थानीयको अवरोधका कारण ६ महिना ढिलो हुने भएको हो।

धनगढी विमानस्थल एक महिनादेखि बन्द

सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उडान हुने एकमात्र नियमित उडान हुने धनगढी विमानस्थल बन्द भएको एक महिना बित्दा पनि सुचारु हुन सकेन। हवाई उडान बन्द हुँदा सुदूरपश्चिम प्रदेशका सर्वसाधारण प्रत्यक्ष मार्कामा परेका छन् भने पर्यटन, व्यवसायलगायत क्षेत्र प्रभावित बनेका छन्।

प्रधानमन्त्री कपः सुदूरपश्चिमले गण्डकीलाई हरायो

राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ।

रोजगारी र कृषिलाई प्राथमिकता

प्रदेशको उच्च आर्थिक विकास तथा समाजवाद उन्मुख अर्थतन्त्रको गन्तव्यमा पुग्न सार्वजनिक, निजी एवं सहकारी क्षेत्रलाई प्रदेशको समृद्धिको संवाहकका रूपमा लिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

सुदूरपश्चिम र प्रदेश–५ ले अंक बाँडे

वर्षाले खेल हुन नसकेपछि सुदूरपश्चिम र प्रदेश–५ ले राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार अंक बाँडेका छन्।

मुख्यमन्त्रीको कार्यक्रममा धरपकड

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उपस्थित कार्यक्रममा विपक्षीमाथि प्रहरीले धरपकड गरेको छ। डोटी बहुमुखी क्याम्पसको ५९ औँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्रीको विरोध गरेको भन्दै नेविसंघका जिल्ला अध्यक्ष गणेश खड्का सहितका नेताकार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको हो।

कृषि अनुदानबारे किसान नै अनभिज्ञ

निर्वाचनका बेला मीठामीठा आश्वासन दिने नेताहरूले किसानलाई अनुदान उपलब्ध गराउनु त टाढाको कुरा, जानकारीसमेत नदिने गरेको स्थानीयको गुनासो छ।

चुनावमा रोजगार दिने बाचा, वर्तमानमा विदेश पठाउन तालिम

२०७४ फागुन ३ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भए। प्रवासी राजनीतिबाट माओवादीमा उदाएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाए।  डेढ दशक बढी प्रवासमा बिताएका भट्ट त्यसअघि खासै चर्चामा थिएनन्। विवादमा समेत नमुछिएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाएपछि युवा पंक्तीमा भने आशा पलाएको थियो।

वन मास्दै, भवन बनाउँदै

गत असोज पहिलो हप्ता सुदूरपश्चिम प्रदेशको प्रदेशसभाले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी जंगलमा राजधानी बनाउने निर्णय ग-यो। जंगल मासेर राजधानी बनाउने निर्णयले वन तथा वातावरणप्रेमीहरू निकै चिन्तित भए। प्रदेश सरकारको सो निर्णयको सर्वत्र आलोचना र विरोध भयो।

प्रदेश–२ र सुदूरपश्चिमबीच उपाधि भिडन्त

राजधानीमा जारी अन्तरप्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश–२ र सुदूरपश्चिम आमनेसामने हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ३० रनले पराजित गर्दै अर्को सेमिफाइनलको विजेता प्रदेश–२ सँगको भेट पक्का गरेको हो।

सुदूरपश्चिम र प्रदेश–२ फाइनलमा

सुदूरपश्चिम र प्रदेश–२ राजधानीमा जारी यु–१६ अन्तरप्रदेश क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

आर्थिक चलखेलमा धनगढी विमानस्थल एक महिना बन्द हुने

देशका अन्य भागमा उडान हुने सुदूरपश्चिमको एकमात्र धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। हवाई मैदान स्तरोन्नति र कालोपत्रे गर्ने भन्दै यही वैशाख २२ देखि जेठ २१ गतेसम्म बन्द गरिन लागेको हो।

सडक धुलाम्य हुँदा जनतालाई सास्ती

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ। बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको हो।

डिपिआर ढिलाइले निर्माण कार्य प्रभावित

सुदूरपश्चिमको अछाममा निर्माणाधीन बुढीगंगा जलविद्युत् आयोजनाको डिपिआर निर्माण ढिलाइले आयोजना प्रभावित भएको छ। आयोजनाको २०५२ देखि अध्ययन सुरु भएको थियो।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा सन्तुलन कायम

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको लामो समयपछि जिल्ला तहको एकता प्रक्रिया टुंग्याएको नेकपाले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्तुलन मिलाएको छ। झन्डै एमाले र माओवादीले बराबरी जिल्लामा अध्यक्ष बाँडफाँट गरेका छन्। यी प्रदेशका ३१ जिल्लामध्ये एमालेले १६ र माओवादीले १५ जिल्लामा अध्यक्षको भागबन्डा मिलाएका छन्। कर्णाली प्रदेशका १० बाट तत्कालीन एमालेले ४ र माओवादीले ६ जिल्लामा अध्यक्ष पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्