१२ आश्विन २०८१ शनिबार
image/svg+xml

तलव बढेको खबर सुनेपछि हाजिर गरेर सांसद कहाँ गए?

व्यवस्थापिका संसदमा कोरम नपुगेपछि संसदको बैठक आधा घण्टा स्थगित भयो। बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक अघि बढाउने कार्यसूची थियो। विधेयकमा संशोधनका लागि पठाउने प्रस्ताव पारित हुनु अघि कोरम नपुगेपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाकालागि स्थगित गरेकी थिइन्।

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन निवेदन

ऊर्जामन्त्री जनार्दन शर्माले बुधबार मध्याह्नतिर सरकारको बास्केटमा रहेका डेढ सय जलविद्युत् आयोजनाको लाइसेन्स (अध्ययन अनुपतिपत्र) खोल्नेसम्बन्धी निर्देशिकामा हस्ताक्षर गरे।

मोर्चा आवद्ध दलहरुद्वारा रौतहटमा ‘खबरदारी शक्ति प्रदर्शन’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध राजनीतिक दलहरुले सोमबार रौतहट सदरमुकाम गौरमा संविधान संशोधनको माग गर्दै प्रदर्शन गरेनका छन्। ‘खबरदारी शक्ति प्रदर्शन’ नाम दिइएको उक्त प्रदर्शन बिपी चोकबाट सुरु भएर भन्सारस्थित क्रान्तिद्वारसम्म भएको थियो।

२७ मुक्त कमलरी बेखबर

घरमा हातमुख जोर्न मुस्किल परेपछि घोराही-२, क्वाडीका चुतरबिज चौधरीले १० वर्षीया छोरी शर्मिलालाई 'कमलरी' पठाउने सोचे। यही क्रममा उनका एक आफन्तले राजधानीस्थित एक नर्सको घरमा 'कमलरी' चाहिएको बताए।

चिनिया रेलको खबरले रक्सौल तरंगित, ढुवानी अवरोध हट्यो

आइतबारदेखि रक्सौलका स्थानीयले दिएको धर्ना हटेको छ। धर्ना हटेसँगै अवरुद्ध रहेको ढुवानी पुनः सूचारु भएको छ। रक्सौल स्टेशनको मालगोदाममा नेपालका लागि आउने क्लिंकरलगायत बस्तुको धुलोले हुने प्रदुषणबाट असह्य भएपछि स्थानीयबासीले ढुवानी रोक्न भन्दै धर्ना दिएका थिए।

प्रदेश ५ नटुक्र्याउन कांग्रेसमा खबरदारी

नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले ५ नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले तयार पारेको संविधान संशोधन प्रस्ताव स्विकार्न नसकिने बताएका छन्। संसदीय दलको कार्यालय सिंहदबारमा सोमबार पार्टी पदाधिकारी, पूर्वपदाधिकारीलगायतको बैठकमा नेताहरूबाट यस्तो धारणा आएको हो।

महाभियोगमा पछि नहट्न शीर्ष नेतालाई खबरदारी

सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव पास गराउनबाट पछाडि नहट्न शीर्ष नेताहरूलाई खबरदारी गरेका छन्।

खुट्टा नकमाउन नेतालाई खबरदारी

लोकमानसिंह विरुद्धको माहाभियोग प्रस्ताव अविलम्ब पारित गर्न माग गर्दै विभिन्न दल निकट ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटीकामा प्रदर्शन गरेका छन्।

अख्तियारको पत्रबारे सत्तारुढ बेखबर

तत्कालीन माओवादी लडाकु शिविरको आर्थिक अनियमितताबारे छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्राचार गर्ने तयारी गरिरहेको सूचनाले मंगलबार नेपाली राजनीति गरमागरम हुँदै गर्दा सत्तारुढ दल भने ‘बेखबर’ छन् । सत्तारुढ दलका नेताले भने अख्तियार तयारीबारे कुनै जानकारी नभएको बताए ।

राष्ट्रिय स्वाभिमानमा आँच आउने काम नगर्न प्रधानमन्त्रीलाई खबरदारी

प्रधानमन्त्री पुष्पकमल दालले आफ्नो भदौ ३०गते भारतको औपचारिक भ्रमण सद्भावना भ्रमण हुने बताएका छन्। उनले आफ्नो भारत भ्रमणमा कुनै सन्धि सम्झौता नहुने स्पष्ट पार्दै दुई मुलुकबीचको सम्बन्धलाई भने उचाईमा पुर्याउन आफ्नो भ्रमण केन्द्रित हुने बताए।

अदुवा निर्यात समस्यामा सरकार बेखबर

मिसावटको कारण देखाउँदै भारतले नेपाली अदुवा निर्यातमा लगाएको प्रतिबन्धबारे सरकारले अनभिज्ञता दर्शाएको छ। मुलुकका प्रमुख भन्सार नाकाहरुबाट अदुवा भारत जान नसकेको साताभन्दा बढी समय भइसक्दासमेत सरकार भने 'यसबारे आधिकारिक जानकारी नआएको' भन्दै ढुक्कले बसेको छ।

दाहाल खाँटी राष्ट्रवादी भए भारतीय मिडियामा किन हर्षका खबर छाए: वैद्य

‘ओली गएर नयाँ सरकार बन्दै गर्दा भारतीय सञ्चार माध्यमहरुमा हर्षका खवरहरु छाएको थियो। त्यसले यहाँको पुष्पकमल दाहालजी खाँटी राष्ट्रवादी भएको भए त्यसो हुन नपर्ने। तै पनि खास कुरा के हो त्यसै खुसी त मनाएनन् होला, परिणाम हेर्न बाँकी नै छ’,

सलमान खानका समर्थकलाई खुशीको खबर

बलिउड चर्तित अभिनेता सलमान खानको यतिबेला धेरै माग छ। सलमानको फिल्म ‘सुल्तान’ बक्सअफिसमा सुपरहिट सावित भयो। उनको आउने फिल्म ‘ट्युबलाइट’ को अहिलेदेखि नै चर्चा सुरु भएको छ।

कांग्रेस सांसद खबरै नगरी विदेश

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा दर्ता सरकारविरुद्धको अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका सांसद भने भटाभट विदेश भ्रमणमा निस्केका छन्।

सरकार ढल्ने खबरसँगै ९ अंकले घट्यो शेयर बजार

काठमाडौं– माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयले मंगलबार नेपालको पूँजी बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ९.२० अंकले घटेको छ। बजार खुलेदेखि करिब ७ अंकले शेयर सूचक उक्लिसकेकाे थियाे। तर, केन्द्रको निर्णय बजारले थाहा पाउनासाथ एकाएक ४८ अंकसम्मले ओरालो लागेको शेयर बजार पौने २ बजेदेखि भने पुनः उकालो लागेर बजार बन्द हुँदासम्म ९.२० अंकले घटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्