२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय स्वाभिमानमा आँच आउने काम नगर्न प्रधानमन्त्रीलाई खबरदारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दालले आफ्नो भदौ २९ गते भारतको औपचारिक भ्रमण सद्भावना भ्रमण हुने बताएका छन्। उनले आफ्नो भारत भ्रमणमा कुनै सन्धि सम्झौता नहुने स्पष्ट पार्दै दुई मुलुकबीचको सम्बन्धलाई भने उचाईमा पुर्याउन आफ्नो भ्रमण केन्द्रित हुने बताए।

आइतबार बसेको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मुुलुकको स्वाभिमानमा आँच आउने कुनै काम नगर्न खबरदारी गरेपछि प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण सदभावना भ्रमण हुने बताएका हुन्। ‘तपाइहरु ढुक्क हुनुहोस मेरो भारत भ्रमण सद्भावना भ्रमण मात्र हुनेछ,’ प्रधानमन्त्रीले भने,‘यो भ्रमणमा कुनै नयाँ सन्धि सम्झौता गर्ने भन्दा पनि दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने प्रयास हुन्छ।’

बैठकमा सांसदहरुले दुई देशबीचको पारस्परिक सम्बन्धलाई सुदृढ बनाउन  र विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन गर्ने विषयमा स्पष्ट धारणा राख्न सुझाव दिएका थिए।  एमाले सांसद चुडामणि बिक जंगलीले प्रधानमन्त्रीको भारत भ्रमणमा पंचशीलको सिद्धान्त अनुसार नेपाली स्वाभिमानलाई उचो बनाउने गरी भारतसँगको सम्बन्ध सुधार गर्न सुझाव दिए। ‘भारतीय नाकाबन्दीदेखि विगतमा भारतसँग भएका सन्धि सम्झौता कार्यान्वयनका सन्दर्भमा स्पष्टसँग धारणा राख्नुस,’ उनले भने,‘विगतका सन्धि सम्झौता कार्यान्वयन नहुने र नयाँ नयाँ सम्झौता गर्ने परिपाटीको अन्त्य हुनुपर्छ।’

भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेकलाई व्यापारिक प्रयोजनकालागि प्रयोग गर्ने दुई देशबीच सहमति हुँदा नेपाललाई बाइकट गरिएको भन्दै सो विषयमा पनि कुरा राख्न एमाले सांसदहरुले प्रधानमन्त्रीको ध्यायाकर्षण गराएका थिए।  उनीहरुले फास्टट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने चर्चा  सुरु भएको भन्दै नेपाल आफैंले बनाउने बनेर बजेट बिनियोजन गरिसकेको योजना भारतलाई दिने कुरा आफूहरुलाई मान्य नहुने बताएका थिए। उनीहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल  पनि स्वदेशी लगानी मै निर्माण गर्नुपर्ने बताएका थिए।

 

प्रकाशित: २६ भाद्र २०७३ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App