१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राजनीतिमा ‘म’ व्यवस्थापन

अहिले सत्तामा पुगेका कम्युनिस्टहरूप्रति कतिपयको पूर्वाग्रह होला तर जुन जनमतका साथ उनीहरू सत्तामा पुगेका छन् त्यसले उनीहरूप्रति कति धेरै अपेक्षा छ भन्ने पनि देखाउँछ ।

वैदेशिक रोजगारीबाट उत्पन्न तनाव व्यवस्थापन गर्दै महिला

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका छन् । पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रुपमा तनाव व्यवस्थापनमा लागेका हुन् ।

प्रशिक्षक व्यवस्थापन टाउको दुखाइ

खेलविकास भौतिक पूर्वाधार निर्माण र प्रतियोगितासँग मात्र जोडिएको हुँदैन । खेल विकासमा कर्मचारी व्यवस्थापनले महत्वपूर्ण अर्थ राखेको हुन्छ ।

दुई नेताको मात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन : नेता नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् ।

‘आपत्कालीन’ व्यवस्थापन

प्रदेश ४ का प्रमुखले पदबहाली गरेर काम थालेसँगै मुख्यमन्त्रीसहित प्रादेशिक मन्त्रालयका लागि कार्यालय बनाउन यहाँ दिनरात काम भइरहेको छ । प्रदेश ४ को मुकाम पोखरामा अहिले मुख्यमन्त्री, मन्त्रालय, आवाससहितका पूर्वाधार बनाउने चटारो छ । ‘इमर्जेन्सी’ व्यवस्थापन मात्र भइरहेको पदाधिकारीले बताए।

भौतिक संरचना व्यवस्थापन तीव्र

अस्थायी राजधानी भनिएकाले र समय पनि कम भएकाले नयाँ संरचना निर्माण नभई भइरहेकै संरचनालाई मर्मतसम्भार गरी काम चलाउने तयारी भइरहेको छ । यसका लागि सम्बन्धित सहरमा रहेका विभिन्न सरकारी भवनहरुलाई प्रयोगमा ल्याइने भएको छ।

भूमि व्यवस्थापनमा स्थानीय सरकार

स्थानीय सरकार गठनको आठ महिना बित्यो । गर्न चाहने र सक्नेका लागि यो धेरै हो । स्थानीय सरकारबाट जनताका धेरै अपेक्षा छन् । संविधान र कानुनले पर्याप्त अधिकार दिएको पनि छ । केही काम पक्कै पनि प्रदेश वा केन्द्रसँग जोडिएका छन् । तर अहिलेको अधिकारभित्र रहेर गर्न सकिने काम तमाम छन् । आफ्नो अधिकारभित्रको काम नगरी प्रदेश र केन्द्रतर्फ मुख फर्काएर बस्ने हो भने यो ठूलो भूल हुनेछ।

यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजे

प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् ।

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।  वाग्मती सफाइको २४३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा वाग्मती सफाइ महाअभियानका शुरुवातकर्ता एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालिम गरिरहेका १०० प्रशिक्षार्थी लगायतको सक्रियता थियो।

यस्तो छ संसद् बैठकमा सिट व्यवस्थापन

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सांसद, दर्शक र पत्रकार बस्ने सिट बाँडफाँट गरेको छ। प्रतिनिधिसभा २ सय ७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय हुने भएकाले सोहीअनुसार सिट बाँडफाँट गरिएको छ। दुवै सभाको संयुक्त बैठकका लागि प्रतिनिधिसभाको बैठक हल प्रयोग गरिने भएको छ।

संघीयतामा स्रोत व्यवस्थापन

संघीय शासन प्रणाली सफल पार्न अनुशरण गर्नुपर्ने प्रमुख आयाममध्ये प्रभावकारी र कुशल अन्तरसरकारी वित्त व्यवस्थापन एउटा प्रमुख पक्ष हो । अन्तरसरकारी वित्त व्यवस्थापनभित्र राज्यका तहहरूमा राजस्व लगाउने र उठाउने अधिकारको समुचित बाँडफाँट, राजस्व बाँडफाँटको उचित प्रबन्ध र अनुदानका रूपमा साधन हस्तान्तरण गरिने पद्धति र प्रक्रिया पर्छन् ।

स्थानीय तहले विद्यालय व्यवस्थापन समिति पुनःगठन गर्न सक्ने

विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संविधानतः स्थानीय सरकारमा भएकाले सामुदायिक विद्यालयका व्यवस्थापन समितिको गठन/पुनःगठन उसकै कार्यक्षेत्रमा पर्ने भएको छ।

‘संघीयतामा वित्तीय व्यवस्थापन चुनौतीपूर्ण’

तीन तहको निर्वाचन सम्पन्न भएसँगै नयाँ संविधानले व्यवस्था गरेको संघीय संरचनामा मुलुक औपचारिक रुपमा प्रवेश गरेको छ । संघीय संरचनामा मुलुकको आर्थिक नीति कस्तो हुने र राज्यले धान्न सक्ने नसक्ने विषय अहिलेको मुख्य बहस बनेको छ । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले स्थायी सरकार बन्ने सम्भावना देखाएको छ । यससँगै आर्थिक समृद्धिको बाटोमा मुलुक अघि बढ्ने अपेक्षा पनि बढेको छ ।

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।  वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा शनिबार पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

फोहोर व्यवस्थापनको विकल्प

पुनः प्रशोधन गर्न सकिने र नसकिने फोहोर नछुट्ट्याएका कारण पनि धेरै परिणामको फोहोर ल्यान्ड फिल्ड साइटमा पुर्‍याउनुपरेको हो । पुनः प्रशोधन गर्न सकिने र नसकिने फोहोर छुट्ट्याएर त्यसैअनुसार व्यवस्थापन गर्ने हो भने ल्यान्ड फिल्ड साइट पुर्‍याउनुपर्ने फोहोरको परिणाममा केही हदसम्म कमी आउनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्