११ वैशाख २०८१ मंगलबार
image/svg+xml
डा.सरोज धिताल


डा.सरोज धितालका लेखहरु :

कोरोनालाई हामी जित्नेछौं

आशा गरौं– केही दिनभित्रै हामी ‘सर्भिलेन्स सिस्टम’ उपयोग गर्ने स्थितिमा पुग्नेछौं र नागरिक तहबाट समेत अरू अझै प्रभावकारी उपाय सिर्जना हुनेछन्।

प्रधानमन्त्रीलाई शुभकामना !

नेतामा हुनुपर्ने केही सद्गुण स्वास्थ्य–लाभ गरिरहेका हाम्रा प्रधानमन्त्रीमा देखिएका छन्। अस्पतालबाट निस्किने बेलासम्म अरू अत्यावश्यक सद्गुण पनि थपिँदै जाउन्।

अब यस्तो ‘क्रान्ति’

यतिबेला होस नगुमाउने हो भने मानिसले आफ्नै प्रयत्नले आफ्नो चेतमा अर्को महान् क्रान्ति ल्याउन सक्छ– ‘प्रज्ञानात्मक क्रान्ति’।

जिसस र माओ

उनीहरूबाट प्राप्त भइसकेका ज्ञानका आधारमा नयाँ ज्ञान सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको। इतिहास, श्रुति र पुराणका भारीमुनि किचिएर मर्नु आजका मान्छेको काम होइन। नयाँ इतिहास सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको।

लोकतन्त्रका नयाँ चुनौती

स्थूल रूपमै देखापर्न थालेका दुई प्रवृत्तिसँग जुझ्नुपर्ने आवश्यकता लोकतन्त्रका यात्रीसामु आइपरेको छ। एउटा प्रवृत्ति हो– आलोचना सुन्नै नचाहने सत्ताको श्रवणशक्तिविहीनता। अर्को हो– नागरिकको कर्तव्यको कुनै पर्वाह नाराखी जेको पनि विरोध गर्ने अराजकतावाद।

सत्यको चित्र

थाहै नपाई यो राष्ट्रले नयाँ चुनौती सामना गर्दै छ। त्यो सामना गर्न समयले इतिहासका भन्दा फरक र सक्षम नेतृत्व माग गरिरहेको छ।

जनता किन रिसाउँछन् ?

अझै आगो नै लागिसक्यो भन्न त मिल्दैन तर कुनै पनि बेला लाग्न सक्छ। गुठी विधेयक मात्रै हैन, सरकार र सरकारपक्षीय जमातको कुनै पनि अवाञ्छित, अप्रिय व्यवहार र अभिव्यक्तिले आगो सल्काउन सक्छ।

आजको नागरिक समाज

‘नागरिक समाज’ स्थायी चरित्रको संरचना हुनै सक्दैन। जतिबेला यसले ठोस संरचनाको रूप लिन थाल्छ, यो नागरिक समाज नै रहँदैन।

गणतन्त्रमा सौन्दर्यचेत

पृथ्वीका सबै प्राणीलाई उछिनेर मानवजाति यहाँसम्म आइपुग्नुमा सामूहिक कल्पनाशीलताको भूमिका देख्छन् युवाल हरारे। यही सामूहिक कल्पनाशीलताको उपज हो ईश्वर, धर्म, राज्य, कला, नैतिकता र मानिसको जीवनको सार्थकताका निम्ति सर्वाधिक महŒवका सबै सबै कुरा। मानिसको सौन्दर्यचेत पनि यही कल्पनाशीलताको एउटा पक्ष हो जो कला सिर्जनाका ‘औपचारिक’ संस्करणहरूमा मात्रै हैन, मानिसका व्यवहार, विचार, कौतुहल अनेकरूपमा प्रकट भइरहेको हुन्छ। मानव जीवनका सर्वाधिक महŒवपूर्ण पक्षहरू त्यही सौन्दर्यचेतको जगमा उभिएका हुन्छन्।

व्यक्ति, देश र पृथ्वी

भर्खरैमात्र संयुक्त राष्ट्र संघले ५० देशका १५० विज्ञले ३ वर्ष लगाएर गरेको अध्ययनका आधारमा सबैलाई तर्साउँदै भन्यो– आफूलगायत यो ग्रहमा रहेका दशौँ लाख प्रजातिको अस्तित्व खतरामा पारिरहेको छ मानिसको जातले। यो चानचुने सन्देश हैन। अनि यो सूचना प्रवाह गर्ने पनि चानचुने संस्था हैन। अनेक अर्थमा संसारभरकै मानिसको औपचारिक प्रतिनिधित्व गर्ने संस्था हो– संयुक्त राष्ट्र संघ।

लोकतन्त्र जिउँदो रहोस्

लोकतन्त्रको भविष्यका बारेमा नागरिकका चिन्ता जायज छन्। यतिबेला लोकतन्त्र बिरामी छ। विभिन्न ‘कीटाणु’बाट संक्रमित छ। र, यो रोगका कीटाणु केवल सत्ताधारीभित्र मात्रै छैनन्।

सुरुङ पल्लो छेउको उज्यालो

‘अन्धकार सुरुङको पल्लो छेउमा उज्यालो’ भन्ने उक्ति सुन्न थालेको धेरै भयो। जहिले पनि यसको एउटै अर्थ लाग्यो– जतिसुकै लामो र अँध्यारो भए पनि सुरुङबाट निस्कन सम्भव हुन्छ तर त्यो आशा साँच्चै नै त्यतिबेला मात्र जाग्रत हुन्छ, जब सानो विन्दुका रूपमा पल्लो छेउमा उज्यालो देखिन्छ। तर सुरुङ बाङ्गोटिङ्गो रहेछ भने त नजिकै पुगिसक्दा पनि त्यो उज्यालोको थोप्लो नदेखिन पनि सक्ला। के हामी हिंँडिरहेको अँध्यारो सुरुङ पनि बाङ्गोटिङ्गो भएकै कारणमात्र हो त उज्यालो देख्न नसकेको? निकासचाहिँ अब नजिकै छ त? यसो भए त गज्जब हुनेथियो। कि यो अँध्यारो सुरुङ अति लामो भएर हो जति हिँडे पनि त्यो उज्यालोले दर्शन नदिएको? अझ डरलाग्दो चिन्ता त के भने कहीँ निकासै नभएको अँधेरो सुरुङभित्र त हिँड्दै छैनौँ हामी?

राष्ट्रको आचारजन्य पहिचान

उहिल्यैदेखि अनेक धर्म सम्प्रदायमा बाँडिएका थिए चिनियाँहरू । तर ती विभिन्न सम्प्रदायका बीच पनि सांस्कृतिक तहमा भने प्रशस्त एकरूपता थियो । उदाहरणका निम्ति धर्मभीरु, परम्परा र अन्धविश्वास प्रायः सबै चिनियाँका स्वभावको अंश थिए।

मार्क्सवाद र हाम्रा कामरेड

मानव इतिहासमा अभिलिखित र उल्लेख्य प्रभाव पार्न सकेका विचारहरू सबै आआफ्नो समयमा ‘उग्र’, ‘क्रान्तिकारी’, ‘वैकल्पिक’ विचारका रूपमा आएका थिए । तिनले तत्कालीन समाजमा हाबी भइरहेका प्रमुख विचार समूहलाई जगै हल्लाउने गरी चुनौती दिएका थिए, ती ‘आमूल परिवर्तनकारी’ थिए । कालान्तरमा ती पनि ‘पुराना’ भए । आफूलाई वाम बुद्धिजीवी भन्न रुचाउने विद्वान्हरूलेविभिन्न नेताका दरबारमा चाकडी गर्न जानुको सट्टा महत्वपूर्ण विषयमा छलफल चलाए बेसै हुन्थ्यो कि!

राजनीतिमा ‘म’ व्यवस्थापन

अहिले सत्तामा पुगेका कम्युनिस्टहरूप्रति कतिपयको पूर्वाग्रह होला तर जुन जनमतका साथ उनीहरू सत्तामा पुगेका छन् त्यसले उनीहरूप्रति कति धेरै अपेक्षा छ भन्ने पनि देखाउँछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्