७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ललिता निवास प्रकरणमा गगनले संसदमा यसरी गरे ब्यंग्य

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरेका छन्। स्वस्थानी ब्रतकथाको शैलीमा उनले ब्यंग्य गरेका हुन्।

ललिता निवास प्रकरणकाे इतिवृत्तान्त

पछिल्लो समय ललितानिवास प्रकरणमा छनबिन गर्न अख्यितारमाथि ठूलो दबाब परेको थियो। सुरुमा अख्यितयारले यस विषयलाई प्राथमिकता दिएको थिएन। तर यसबारेमा निरन्तर समाचार आउन थालेपछि अख्यितारमाथि दबाब बढेको थियो।

ललिता निवास प्रकरण : सीआईबीले बुझायो गृहलाई प्रतिवेदन

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवी ले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताबारेको प्रतिवेदन बुझाएको छ। सीआईवीले आफ्नो प्रतिवेदन गृहमन्त्रालयमा बुझाएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित पुगेको सीआईबीको टोलीले प्रतिवेदन बुझाएको थियो।

ललिता निवासको जग्गा अनियमितता गर्नेलाई छिट्टै कारबाही : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटार स्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही गर्ने तयारी भइरहेको बताएकी छन्।

'ललिता निवासमा मुछिएका श्रेष्ठको मृत्यु शंकास्पद'

काठमाडौंस्थित सामाखुसीको हिमालय सिटी सेन्टरको आठौं तलाबाट खसेको भनिएका श्रेष्ठको मृत्यु शंकास्पद भएको दाबी गर्दै छानबिन गर्न माग गरेको हो।

ललिता निवास प्रकरण : बयानका लागि को कोलाई बोलायो अख्तियारले ? (नामसहित)

ललिता निवासको सरकारी जग्गाको विवादमा परेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बयानका लागि सूचना जारी गरेको छ।

ललिता निवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा

बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले ललितानिवासको सरकारी जग्गा धितो राखेर १५ बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी कर्जा लिएको तथ्य खुलेको हो।

ललिता निवासको जमिनमा दोषी ठहरिए कारवाही भोग्छु : विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवासको जग्गा प्रकरणमा आफु दोषी भए कारबाही भोग्न तयार रहेको बताएका छन्। संसदमा बोल्दै पौडेलले व्यक्तिका नाममा दर्ता गरिएका सरकारी जमिन फर्काउन सरकारले गरेको प्रयत्नको स्वागत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्