ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रिजको निरीक्षण गरेका छन्।
उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरी ठेक्का सम्झौताअनुसार नै समयतालिकामा निर्माण सम्पन्न गरेर नमुना परियोजनाको रूपमा उदाहरणीय बनाउन कार्य अघि बढाउन आग्रह गरे।
४२० मिटर लम्बाइको यो पुल १ अर्ब ६९ करोड रुपैयाँ लागतमा बनिरहेको छ। पुलको मुख्य निर्माण सुरु हुनुअघिका कामहरू भइरहेका छन्। मनसुन सुरु हुनुअघि नै पाइल फाउन्डेसन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुलको निर्माण २०८४ जेठभित्रै सक्ने कार्यतालिका छ।
पुलको मुख्य विशेषता दुई ठूला कंक्रिट टावरमा स्टे केबलबाट सडकलाई सपोर्ट गर्ने प्रणाली हो। यसैगरी नारायणी तटबन्धको विषयमा पनि उनले जानकारी लिएका छन्।








प्रकाशित: २७ मंसिर २०८२ १२:२२ शनिबार





