जब म आफ्नो गन्तव्यतिर निस्कन्छु अक्सर ऊ मेरो पछि लाग्ने गर्दछ। यात्राको क्रममा उसलाई नित्य भन्ने गर्छु, ‘मलाई एक्लै रहन दे!’
तर ऊ सधैं चुपचाप रहन्छ, खै किन हो उसले कहिल्यै टेरेन।
मलाई नटेरेको हो कि, उसको यो मप्रतिको अगाध हो। मैले कहिल्यै भेउ पाइनँ। कैलै पछिपछि, कैले दायाँबायाँ त कैले अघि लाग्छ। आज पनि ऊ मेरो पछि लाग्यो। म आफैं मुर्मुरिनबाहेक के गर्न सक्थें र!
फलैँचामा सुस्ताउन बसें र मनसँग फतफताएँ, ‘कसरी योबाट मुक्ति पाइएला?’
मन पनि चुपचाप रह्यो। मानौं उसकै साथ दिंदै छ उसले पनि! वरिपरि नजर लाएँ तर त्यहाँ ऊ थिएन। आफैंलाई धन्यवाद दिएँ र उठेर गन्तव्यतिर लम्किएँ तर विडम्वना, ऊ मलाई पछ्याई नै रहेको थियो।
म टक्क उभिएँ र ऊतिर फर्केर मुख फोरें, ‘तँ सधै मेरो पछि किन लाग्छस्?’
छायाले पनि मुसुक्क मुस्काउँदै जवाफ दियो,‘ तँलाई सधैँ साथ दिने मबाहेक तेरो अरू को नै छ र!’
प्रकाशित: २७ मंसिर २०८२ ११:५४ शनिबार





