नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुर सल्लाघारीमा चहलपहल सुरु भएको छ।
महाधिवेशनको उद्घाटन सत्रभन्दा अगाडि झाँकीसहितको सांस्कृतिक कार्यक्रम भइरहेको छ। सांस्कृतिक कार्यक्रममा विभिन्न जातजातिका भेषभुषासहित नृत्य प्रस्तुत गरिएको छ।
सांस्कृतिक कार्यक्रम जारी रहेको छ भने कार्यक्रम स्थलमा प्रतिनिधिसहितका आगन्तुकहरू आउने क्रम पनि जारी छ।




प्रकाशित: २७ मंसिर २०८२ ११:४४ शनिबार





