१० मंसिर २०८१ सोमबार
image/svg+xml

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन्।

तनहुँमा जिप दुर्घटना : एकको मृत्यु, सात घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गए राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

सार्वजनिक सवारी चलाउन व्यावसायिक लाइसेन्स

सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइेसन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

लुम्बिनीमा सडक दुर्घटनाः ३ दिनमा २२ जनाको मृत्यु, गल्ती कसको ?

बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्‍यो। सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ।

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नं.को जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनाका घाइते भन्छन्ः पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन्।

कपिलवस्तु बस दुर्घटना: १० मृतकमध्ये ६ जनाको सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये ६ जनाको सनाखत भएकाे छ।

कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ।

कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना: मृतकको संख्या १० पुग्यो

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनामा मर्नेहरुको संख्या १० जना पुगेको छ।

पाल्पा जिप दुर्घटना: मृत्यु हुनेको संख्या १० पुग्यो, १६ घाइते

मंगलबार पाल्पाको तिनाउ गाउँपालिका–६ मा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य १६ जना भने घाइते भएका छन्।

महिनैपिच्छे दुर्घटनाको जोखिम खेप्न बाध्य कर्णालीवासी

जिल्लाका ग्रामीण सडकमा अनुमतिविनै गाडी सञ्चालन गर्दा पटकपटक दुर्घटना हुने गरेको छ। आफैं ‘डोजर अपरेटर’ आफै इन्जिनियर भएर अधिकांश स्थानीय तहले खनेका अधुरा सडकहरूमा दुर्घटनै दुर्घटना हुने गरेको हो।

टिकौली जंगल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ।

‘हुल बाँधेर लखेटेरै नवराजसहित ६ युवाको हत्या भएको हो’

जातीय विभेदका कारण गाउँलेले हुल बाँधी लखेटेरै रुकुम पश्चिमको सोती गाउँमा ६ जना युवाको ज्यान गएको रुकुम जिल्ला अदालतले ठहर गरेको छ।

भ्रष्टाचार छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्