१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तु बस दुर्घटना: १० मृतकमध्ये ६ जनाको सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये ६ जनाको सनाखत भएकाे छ।

कपिलवस्तु प्रहरीका अनुसार मृत्यकमध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ।

यसैगरी भिमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका–१६ कञ्चनपुरका सन्जु थापाको दुर्घटनास्थलमै मृत्यु भएको छ।

सुदूर पश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट करिब १ सय मिटर तल खसेको हो। चन्द्रौटादेखि उत्तर १६ किलोमिटर मोडमा दुर्घटना भएको थियो। महेन्द्रनगरबाट काठमाडौतर्फ गइरहेको बस बिहीबार राति १२ः२५ बजे दुर्घटना भएको हो। महेन्द्रनगरबाट काठमाडौं सुनौलो महाकाली  यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दुर्घटनाबाट ३० जना घाइते भएका छन्। तीमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ। अन्यको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।

प्रकाशित: ३ फाल्गुन २०८० ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App