९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आज मात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताएका हुन्। उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताए।

उनले भने, ‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ। गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ। आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले। अहिलेसम्म मैले हेरेको छैन। मैले हेर्दैछु । आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ।’

उनले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपैयाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताए। परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उनको भनाई छ।  

प्रकाशित: ६ फाल्गुन २०८० १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App