बालकोटबाट एमाले छोड्ने बढे
भक्तपुरको बालकोट–२ का एमाले नेता कार्यकर्ताले पार्टी छाडेका छन् । भृकुटीमण्डपमा पार्टीको ११ महाधिवेशनले नयाँ नेतृत्व चयन गरिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीको पहिलेको बसोबास क्षेत्रका एमाले नेता तथा कार्यकर्ताको पार्टी छोड्ने क्रम बढेको छ ।

