२० आश्विन २०८१ आइतबार
image/svg+xml

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतको अन्तरले पराजित गरेका हुन्।

छिमेक लघुवित्तको सभा सम्पन्न

छिमेक लघुवित्त वित्तीय संस्थाको २०औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। वित्तीय संस्थाका अध्यक्ष ऋषिराज जोशीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ।

व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित

नेपालकै पहिलो व्यापारी संस्था मोरङ व्यापार संघको ३३औं कार्य समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ।

कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित

प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति छन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रहेका छन्।

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका धुब्र वाग्ले निर्वाचित भएका छन्। वाग्लेले दुई हजार ७२० मत प्राप्त गरे। यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९३८ मत प्राप्त गरेकाे कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यस्तै केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छिन्।

प्राइम बैंकको सभा

सभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहको सञ्चालक पदमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। बिष्ट यसअघि पनि बैंकको सञ्चालक रहिसकेका छन्।

निर्मल निवासबाट कोही पनि सुरक्षित छैन:थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिठी लेखेर पूर्व राजा ज्ञानेन्द्र शाहप्रति कडा आक्रोश पोखेका छन्।

कांग्रेस प्रदेश १ सभापतिमा थापा निर्वाचित

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा देउवा-सिटौला पक्षका थापा निर्वाचित भएका हुन्।

कांग्रेस सुदूरपश्चिम प्रदेश समिति: सपथ ग्रहणसंगै पहिलो बैठक

नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।

काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

राप्रपामा पुस्ता हस्तान्तरण

लिङदेनको प्यानलबाट महामन्त्री पदमा विजयी धवलशमसेर राणाले भने, ‘राप्रपाका कार्यकर्ताले नयाँ पार्टी बनाउन चाहेको देखियो। निर्वाचन परिणामबाट यही बुझ्नुपर्छ। अब पार्टी नयाँ ढंगले अघि बढ्छ, देश पनि नयाँ तरिकाले अघि बढ्छ।’

विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट हामीलाई छैनः राजेन्द्र लिङदेन

आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गरेका छन्।

एमालेमा फेरि ओली नेतृत्व

मत गणनापछि एमाले केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले ओली अध्यक्षमा विजयी भएको घोषणा गरेका थिए। मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। दुई हजार एक सय ५३ मतदाता रहेकोमा दुई हजार एक सय १४ जनाले मतदानमा सहभागी भएको जानकारी सुब्बाले दिए।

राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली?

बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै शीर्ष नेतृत्वमा निर्वाचित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्