१९ आश्विन २०८१ शनिबार
image/svg+xml

२ सय ४० जनालाई उद्यमशिलता तालिम दिँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले २ सय ४० जनालाई विभिन्न सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यावसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० क्षेत्रका २ सय ४० जनालाई सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्न लागिएको हो।

महाविर पुनलाई उद्यमी रुद्र पाण्डेले 'चप्पल पड्काएर हिड़दैमा आविष्कार हुन्न' भनेपछि...

उद्यमी पाण्डेले ट्वीटमा पुनलाई ‘चप्पल पड्काएर हिँड्दैमा आविष्कार नहुने भन्दै लेखेपछि दुबै जनाको ट्वीटबाटै चर्काचर्की परेको छ।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली महासंघको सदस्यमा निर्वाचित

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी छिन्।

सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्वबीच समझदारी

युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।

कोशी एक्स्पोमा अल्लोको कपडादेखि स्वादिलो अचारसम्म

विराटनगरमा आयोजना हुने सिएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन्।

सहारा फुटबल एकेडेमीलाई केसी परिवारको सहयोग

उद्यमी सुर्यबहादुर केसी परिवारले सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। केसी परिवारको एकेडेमीलाई सहयोग यो दोस्रो पटक हो। गत वर्ष पनि स्वर्गीय केसीका परिवारले एकेडेमीलाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो।

‘पोखरा–हिमालय’ मोटर र्‍याली सुरु

‘कोरला नाका माउण्ट कैलाश पुग्ने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो रुट हो,’ उनले भने, ‘यो नाका खोल्न सकियो भने नेपालको पर्यटनका लागि गेम चेञ्जरजस्तै हो। त्यसैले यो र्‍यालीले त्यसका लागि दवाब दिनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउँछ।’

चर्काे ब्याजवृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा ज्ञापनपत्र

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढ्न नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन् गर्दै ब्याजदरलाई वाञ्छित सिमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ।

महिला उद्यमी महासंघको साधारणसभा सम्पन्न

महासंघकी कार्यवाहक अध्यक्ष शोभा ज्ञावालीको सभापतित्वमा शुक्रबार राजधानीमा भएको साधारणसभामा बेस्ट च्याप्टर अवार्ड र बेस्ट कर्मचारी अवार्ड वितरण गरिएको छ।

छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, २ करोड बराबरको कारोबार

व्यापार मेलामा महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता थियो।

प्रसाईंले दुबईबाट १६ जनाको शव ल्याउने

१६ जनाको शव ल्याउनका लागि दुबईका अध्यक्ष शेख महम्मद जायद अल नायनसँग कुरा गरेको र दुवईस्थित विभिन्न नेपाली संघसंस्थासँग समन्वय गरिसकेको उनले बताए। प्रतिशव ४ लाख नेपाली रुपैयाँ आफैं खर्च गरेर ल्याउने उनले बताएका हुन्।

उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्ट आयोजना गर्दै

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले असार ११ गते शनिबारदेखि नेपाल स्टार्टअप फेस्ट आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्