coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्वबीच समझदारी

युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्रीको युवा नेतृत्व मञ्च बीच युवा उद्यमीहरूको नवीन सोचको प्रवर्द्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो।

हालै भारतको नयाँ दिल्ली भएको फिकी ग्लोबल लिडर समिटमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीका युवा नेतृत्व मञ्च बीच उक्त समझदारी भएको छ।

समझदारी पत्रमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष प्राची अग्रवाल र फेडरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री युवा नेतृत्व मञ्चका शाश्वत गोयन्काले हस्ताक्षर गर्नुभएकोे छ। यस समझादारी अनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीहरूबीच विभिन्न समयमा छलफल, अन्तरक्रिया गर्ने, भ्रमण गर्ने, युवा उद्यमीहरूलाई प्रोत्साहन लगायतका कार्यक्रम गरिनेछ। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च नेपाल उद्योग परिसंघले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न गठन गरेको युवा उद्यमी मञ्च हो।

यस्तै फेडरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री योग लिडर फोरम भारतको युवा नेतृत्व मञ्च हो। सन् २००५ अगष्ट १५ मा गठित सिएनआई वाइएफको नेतृत्वमा हालै काठमाडौंमा स्टार्टअप फेस्टको आयोजना भएको थियो भने इन्क्युभेसन सेन्टर स्थापना लगायतका काम भइरहेका छन्। 

प्रकाशित: १२ चैत्र २०७९ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App