२० आश्विन २०८१ आइतबार
image/svg+xml

कपिलवस्तुका उद्यमीलाई प्रविधि हस्तान्तरण

लघु र साना उद्यमीको प्रवर्द्धनका लागि कपिलवस्तुका १८ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ। 'सुरक्षित समावेशी विद्युतीय कारोबार उपभोक्ताको अधिकार' भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालयले प्रविधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई विभिन्न मेशीनरी सामाग्री प्रदान गरिएका हो।

महिला उद्यमीहरूद्वारा मन्त्रालयमा सुझाव पेश

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरूको विकास, विस्तार एवं प्रवर्द्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुझाव पेश गरेको छ।

नेपाल स्टार्टअप फेष्टिबल आयोजना हुँदै

नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रूपमा स्थापित गर्ने उद्देश्यले अगामी जुन २५ मा नेपाल स्टार्टअप फेष्टिबल आयोजना हुने भएको छ।

उद्यमशीलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा अन्तर प्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ।

नेपाली ब्रान्डलाई चिनाउँदै ‘ब्रान्ड नेपाल’

ब्रान्ड नेपालको अवधारणा पहिलोपटक सन् २०१८ मा रेडियो नागरिकले ल्याएको थियो। रेडियो नागरिकले सो अवधारणा अनुसार सोही वर्ष नेपाली ब्रान्डको पहिचान र प्रवद्र्धनका लागि ‘नेपाली ब्रान्ड कार्निभल’ (मेला) को आयोजना गरेको थियो। त्यसबाट उत्पादक र उपभोक्ता दुबै उत्साही भए।

एक सफल युवा उद्यमी

आत्मविश्वासले भरिपूर्ण एवम् लगनशील विजय श्रेष्ठ आफ्नै गाउँठाउँमा केही गर्नु पर्छ भन्ने सोचका युवा हुन्। आज लोकप्रिय भएको उनको उत्पादन काठमाडौँमा मात्र सीमित नभएर देशविदेशसम्म निर्यात हुने ब्रान्ड बनेको छ।

युवा पुस्तालाई उद्यममा प्रेरित गर्नुपर्छ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छिन्।

प्रेमकुमारी बनिन् गलकोट नगरको उत्कृष्ट महिला उद्यमी

जिल्लाको गलकोट नगरपालिकाले गराएको प्रतिस्पर्धाबाट प्रेमकुमारी पुन उत्कृष्ट महिला उद्यमी बनेकी छिन्।

महिला उद्यमी महासंघको लैंगिक समानता विषयक छलफल

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस–२०२२ को अवसरमा जिल्ला संघका सदस्यका साथै साझेदार संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सफल महिला, साना तथा मझौला महिला उद्यमी, बैंकिङ सस्ंथा, जिइएसआई, एनजिओ, आइएनजिओका साथै नेपाल सरकारका प्रतिनिधिसँग दिगो भविष्यका लागि लैंगिक समानता विषयमा भर्चुअल सामूहिक छलफल गरेको छ।

स्वरोजगार कोषमार्फत ८३ हजार रोजगारी

२०६५ सालमा स्थापना भएको कोषले पुँजी अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ।

दुगडको ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’ विमोचन

एमभी दुगड ग्रुपका कार्यकारी अध्यक्ष मोतीलाल दुगडले लेखेको ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’ नामक पुस्तकको विमोचन गरिएको छ।

प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह

महिला आवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिको एउटा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह गरेको छ।

नेपालमा राजनीतिबाट समृद्धि सम्भव छैनः खनाल

पूर्व अर्थसचिव रामेश्वर खनालले नेपालमा राजनीतिबाट समृद्धि सम्भव नभएको बताएका छन्। कर्पोरेट गल्फ प्रतियोगिताबारे बाह्रखरी मिडियाले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो धारणा व्यक्त गरेका हुन्।

कामना सेवाको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्