६ वैशाख २०८१ बिहीबार
अर्थ

कपिलवस्तुका उद्यमीलाई प्रविधि हस्तान्तरण

लघु र साना उद्यमीको प्रवर्द्धनका लागि कपिलवस्तुका १८ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ। 'सुरक्षित  समावेशी विद्युतीय कारोबार उपभोक्ताको अधिकार' भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालयले प्रविधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई विभिन्न मेशीनरी सामाग्री प्रदान गरिएका हो।

८० प्रतिशत घरेलु तथा साना उद्योग कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा उनीहरुलाई सो सामाग्री हस्तान्तरण गरिएको हो। ७ वटा ५ हर्स पावरको पम्पसेट, २ वटा हाते ट्याक्टर पानी तान्ने मोटर एक वटा २ वटा ईलेक्ट्रिक चापाकटर, ४ वटा जुके सिलाइ मेशीन हस्तान्तरण गरिएको हो।

सो अवसरमा जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेलले साना उद्यमीलाई प्रोत्साहीत गर्न उपलब्ध गराइएको यो प्रविधिले आय आर्जनमा मद्दत गर्ने बताए। उनले प्राप्त सामाग्रीको सही सदुपपयोग गरी अन्य साना उद्यमीहरुलाई समेत प्रेरणा मिल्ने गरी कार्य गर्नु पर्ने बताए।

सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्यालले घरेलु तथा साना उद्योगलाई बढावा दिन साना उद्योगीहरुलाई कार्यक्रम मार्फत सो सामाग्री उपलब्ध गराइएको बताए। उनले लाभग्राहीले सो सामाग्रीको सही सदुपयोग गरी आफनो उद्योगधन्दालाई बढाउँदै लानुपर्ने बताए।

घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुकी अध्यक्ष फुलकुमारी श्रेष्ठले सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन दिने किसिमका कार्यक्रमहरु ल्याउनु पर्ने बताइन्। उनले लगानी र बजारीकरणका अभावले साना उद्योगहरु अहिले संकटमा परेको बताइन्।

कार्यक्रममा ठूलो सिलाई मेशीन पाएर खुशी भएकी बुद्धभूमि गोरुसिंगेकी रिता श्रेष्ठले आफूले प्राप्त मेशीने सोफासेटको खोल लगायतका सामाग्रीको सिंचाइमा प्रयोग गर्ने बताइन्। २० प्रतिशत लगानीमा आफूले सो सामाग्री पाएको भन्दै अन्य साना उद्योगीहरुलाई पनि लागत सहभागीतामा सामाग्रीहरु प्रदान गर्नु पर्ने बताइन्।

हाते ट्याक्टर पाएका वाणगंगा नगरपालिका– ९ का प्रेम नारायण पौडेलले प्राप्त सामाग्रीले आफूलाई कृषि कर्म गर्न सजिलो भएको बताए। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बस्यालको अध्यक्षता, गोबिन्द तेलीको सञ्चालनमा भएको कार्यक्रममा अधिकृत बिष्णुप्रसाद पोख्रेलल लगायतले मन्तव्य दिएका थिए।

प्रकाशित: ११ असार २०७९ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App