१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

दुगडको ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’ विमोचन

एमभी दुगड ग्रुपका कार्यकारी अध्यक्ष मोतीलाल दुगडले लेखेको ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’ नामक पुस्तकको विमोचन गरिएको छ।

उक्त पुस्तकको विमोचन अनुराधा कोइराला र सन्दुक रुइतले गरेको ग्रुपले जनाएको छ। पुस्तक विमोचन कार्यक्रमममा नेपाल राष्ट्र बैंकका भूतपूर्व गभर्नर विजयनाथ भट्टराई, वरिष्ठ गाइनोकोलोजिस्ट भोला रिजाल, सेजनका अध्यक्ष जनार्दन बराल लगायतको उपस्थिति थियो।

उक्त पुस्तकका लेखक दुगडले पुस्तकमा आफ्ना पुर्खाले त्यसताका के कसरी कस्ताकस्ता व्यापार गरेका थिए सो व्यापार, व्यवसायलाई कसरी दुगड परिवारले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म फैलाउँदै लगे, त्यसबेला मुलुकमा के कस्ता समस्या थिए ? ती समस्यामा दुगड परिवार र कर्मचारीहरू हातेमालो गर्दै कसरी दुगड ग्रुपलाई यहाँसम्म ल्याउन सफल भए जस्ता विषय समेटिएको बताइएको छ।

प्रकाशित: ५ फाल्गुन २०७८ ००:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App