२० आश्विन २०८१ आइतबार
image/svg+xml

महालक्ष्मी बैंकद्वारा क्याम्पसलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको कञ्चनपुरस्थित बेलौरी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पसलाई एक सय ७० थान गमला सहयोग गरेको छ।

खुल्यो तराईबाट चीन जोड्ने ढोका

तराईबाट कर्णाली राजमार्ग हुँदै खाद्यवस्तु गाउँसम्म पुर्‍याउन भरिया लगाउनु पर्थ्यो। कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्न कर्णाली नदीमा पुल थिएन। तर अहिले पुल बनेर सञ्चालनमा आएपछि सबै कुरा सहज र सामान पनि सस्तो भएको छ।

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताए। सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताए।

तिहारको मुखमा थिमिमा मिठाइ पसल अनुगमन, पसलेहरुद्वारा लापरबाही

मिठाई पसलहरुमा गुणस्तरहिन रंग प्रयोग गरेको र बढी मात्रामा प्रयोग गरीएको, खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिईकन प्याकिङ सामान बिक्री गरिएको, सरसफाइमा लापरबाही गरिएको, खाद्य पदार्थमा नापतौल मिश्रण र मूल्यसूचीविना बिक्री गरिएको पाइएको थियो।

विराटनगरमा पुनः अर्को मोबाइल पसल चोरी

दुवै चोकमा प्रहरीको डिउटी हुने भए पनि पसल चोरी हुँदा सर्वसाधरण र व्यापारीहरु असुरक्षित महसुस भएको बताएका छन्।

मोबाइल पसलमा चोरी

यसअघि सटर फुटाएकै ठाउँबाट पुनः सटरको ताला तोडेर पसलमा चोरी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरीमा पहिलेकै गिरोह संलग्न हुनसक्छ।

न्यूरोडका ५ पसलहरुलाई जरिवाना

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ। विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ।

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेका सुपथ मूल्य पसलमा उपभोक्ताले लाभ लिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालन गरेका हुन्।

लाईसेन्स भाडामा लिएर औषधि पसल सञ्चालन

औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सुनसरीका विभिन्न स्थानमा सञ्चालनमा रहेका औषधि पसलहरू दर्ता नगरिएको र अर्काको लाइसेन्स भाडामा लिएर सञ्चालन हुने गरेको पाइएको हो।

मासु पसललाई गुणस्तरमा ध्यान दिन आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ।

देशका ७५ स्थानमा सुपथ मूल्य पसल

चाडपर्वलाई लक्ष्य गरेर मुलुकका ७५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। आम उपभोक्तालाई सुविधा दिन भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४३ स्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ स्थानमा सुपथ पसल खोलेका हुन्।

जुम्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाले चाडपर्वलाई मध्येनजर गर्दै जुम्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।

भक्तपुरमा दर्ताविना मासु पसल

अनुगमनमा गणेश मिट सप, सिन्धुपाल्चोक मिट सप, मचो भैरब चिकेन एण्ड एग सेन्टर, मोहन मासु पसल, न्यू चिकेन फ्रेस मिट सप, ब्रम्हायणी मिट सप दर्ता नभएको पाइएको जनाएको छ।

काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा

सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ।

चाडबाडकेन्द्रित अनुगमन र सहुलियत पसल

हाम्रो बजारमा हस्तक्षेप गर्नुपर्ने व्यापक क्षेत्र छन्। यसमा पनि अनुगमन निकायको ध्यान पुग्दैन। चाहने हो भने अनुगमन संयन्त्रलाई सशक्त तुल्याउन सकिन्छ। तिनलाई सशक्त तुल्याउनु भन्दा नतुल्याउनुमै बढी लाभ देखिन्छ। त्यसैकारण यस्तो स्थिति आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्