२० आश्विन २०८१ आइतबार
image/svg+xml

पसलअनुसार ग्याँसको फरक मूल्य

ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन। प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ।

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने आदेश जारी गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १७ गतेदेखि लागू हुने गरी उपत्यकाका फिल्म हल पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

धरानमा ४ गतेदेखि १० दिन लकडाउन, औषधि पसल मात्र खोल्न दिइने

धरानमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

हार्डवेयर पसलमा आगलागी

आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

गाईघाटमा फुटपाथ पसल राख्न नपाइने

यसअघि सडकपेटीमा व्यापारीहरुले हिड्नै नमिल्ने गरी फुटपाथ पसल राखेका कारण पैदल हिड्न गाह्रो भएर दुर्घटनाको जोखिम मोल्नु परेको थियो। लोकमार्गजस्तो व्यस्त र कालोपत्रे सडक त्यसमाथि सदरमुकाम पनि परेकाले अत्यन्त व्यस्त हुने सडकपेटीमा जताततै फुटपाथ पसल राखेकाले पैदल यात्रुलाई आउजाउ गर्न धेरै समस्या थियो।

उपत्यकामा निषेधाज्ञा खुकुलो, निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं उपत्यका थप एकसाता निषेधाज्ञा थप्ने निर्णय भएको छ। आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।

सर्जिकल पसलमा पसेर कुटपिट गर्ने प्रहरी टोलीमाथि छानबिन सुरु

वीरगन्जमा कोभिड–१९ लाई नियन्त्रण गर्न जारी निषेधाज्ञामा प्रहरीले कडाई गर्ने र आममानिसहरुले यसलाई असहज मान्नेक्रममा स्थानीय र प्रहरीबीच सम्बन्ध बिग्रिन थालेको छ।

खाद्यान्न पसल एक साता बन्द

दैनिक रूपमा खाद्यान्न पसल खोल्दा मानिसको भीड भएर कोरोना संक्रमण फैलिएको भन्दै उपत्यकाका स्थानीय प्रशासनले एक साताका लागि खाद्यान्न पसल बन्द गर्ने निर्णय गरेका हुन्।

मातातीर्थ औंसीलाई मध्यनजर गरी मिठाई पसल अनुगमन

विश्वव्यापी महामारी रुपमा नया भेरियन्टसहित फैलिएको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि मातातीर्थ औंसी सामान्यरुपमै सम्पन्न गर्न मिठाई पसलहरु नखोल्न र मिठाईका सामानहरु नबनाउन अनुरोधको लागि मिठाई पसलहरु अनुगमन गरेको संयोजक गोराले बताए।

काठमाडौं प्लाजाका अधिकांश पसल हटाइए

लामो समयदेखि बहालमा रहेको काठमाडौं महानगरपालिकालाई सो भवन नयाँ दरअनुसार भाडामा दिइने गत वर्ष नै सरकारले निर्णय गरिसकेको छ। देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी जनसंख्या रहेको महानरपालिकालाई एउटै भवनमा सबै कार्यालय हुँदा आफ्ना काम अघि बढाउन सजिलो हुने अपेक्षा गरिएको छ।

बागलुङ बजारकाे हार्डवेयर पसलमा आगलागी

आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए। हार्डवयर पसलमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ।

भक्तपुरका अधिकांश मासु पसल फोहोर

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेका मासु पसलहरुको बिहीबार अनुगमन गरियो । अनुगमनमा मासु पसलहरु सुधार हुँदै आएको पाइएको जनाइएको छ ।

अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई पुनः ताकेता

काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ। गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्