२० आश्विन २०८१ आइतबार
image/svg+xml

भक्तपुर नगरपालिकाद्वारा अन्डा र मासु पसल अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार नगरको जगातीमा ६ वटा पसल अनुगमन गरेको छ।

हराए एक लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु

सरकारको अनुदान सहयोगमा खोलिएका सहकारी पसल जिल्लाको कुनै गाउँमा नभएको र शुरुमा पसलमा सामान नभए पनि ‘पसल छ है’ भनेर देखाउनका लागि बोर्ड झुण्ड्याइएका थिए।

सहुलियत पसलमा आएनन् ग्राहक

दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन्।

६ दर्जन सहुलियत पसल सञ्चालनमा

चाडपर्वलाई लक्षित गरेर सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपत्यकासहित मुलुकका ६० भन्दा बढी स्थानमा सहुलियत पसल सञ्चालन गर्न लागेका छन्।

अत्यावश्यक बाहेकका पसलहरू दैनिक चार घण्टा मात्र खुल्ने

रसुवामा अत्यावश्यक सामग्री बिक्री गर्ने बाहेक अन्य पसल दैनिक चार घण्टा मात्र खोल्न पाइने भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि अत्यावश्यक बाहेकका सामग्री बिक्री गर्ने पसल बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइने भएको हो ।

गोदावरीका बजार तथा पसल बन्द

गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ।

जनजीवन विस्तारै सामान्य बन्दै

हालसम्म कोरोना भाइरस नदेखिएको रसुवा जिल्लाको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ। केहिदिन अघिसम्म कोरोना भित्रने त्रासमा रहेका जिल्लाबासी अहिले नियमित काममा फर्किएका छन्। बजार खुल्न थालेका छन्। बिहान बेलुकी मात्र सडकमा नागरिक देखिँदै आएकोमा अहिले दिउँसो पनि बजार खुल्न थालेको छ।

व्यापारी खोल्ने, प्रहरी बन्द गराउने

कोभिड–१९ को कारण सवा दुई महिनादेखिको लकडाउनबाट आजित बनेका व्यवसायीले लकडाउनको उल्लंघन गर्दै पसल खोल्न थालेपछि प्रहरीले बन्द गराउँदै हिँडेको छ । सरकारले आगामी शनिबारसम्म लकडाउन घोषणा गरेको भए पनि काठमाडौंका व्यापारिक क्षेत्रमा स्वःस्फूर्त रुपमा पसल खोल्न थालेका थिए ।

उदयपुरमा विहान ६ देखि ११ बजेसम्म पसल खुल्ला

कोरोना भाइरस (कोभिड–१९) बाट बच्न देशभर झण्डै अढाई महिनादेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका बेला उदयपुरमा सहज बनाउने तयारी गरिदैछ । कोरोना कहरमा ७१ औं दिनदेखि जारी लकडाउनको स्थानीयले स्वतः अवज्ञा गर्न थालेपछि केही खुकुलो पार्ने विषयमा छलफल अघि बढाइएको हो ।

म्याद गुज्रेको खाद्यान्न बेच्नेलाई २ लाख जरिबाना

म्याद गुज्रेको खाद्यवस्तु बेच्ने मोरङ उर्लावारीस्थित किराना पसललाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ ।

बाँकेमा औषधिबाहेकका व्यवसाय बन्द

जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ।

अटेरी गर्ने पसलमाथि कारबाही

आमाको मुख हेर्न दिनलाई लक्षित गरी पसल नखोल्न पटकपटक गरेको अनुरोधलाई अटेरी गर्ने पसलमाथि कारबाही गरिएको छ ।

भागेश्वरका सबै वडामा १५ प्रतिशत सहुलियतमा पसल सञ्चालन

लकडाउनका समयमा डडेल्धुराको भागेश्वर गाउँपालिकाका सबै वडामा सहुलियत पसल संचालन गरिएका छन् । १५ प्रतिशत सहुलियतमा खाद्यान्न वस्तु उपलब्ध गर्न पाँच वटै वडामा सहुलियत पसल संचालन गरिएका हुन । लकडाउनका समयमा स्थानीयले सस्तो भाउमा खाद्यान्न उपभोग गर्न पाउन भन्ने उद्देश्यले सहुलियतमा चामल, दाल, नुन र तेलको बिक्री वितरण थालिएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् ।

खाद्यान्न पसल चार घण्टा खुल्ने

जिल्लामा खाद्यान्न लगायत अत्यावश्यक वस्तु र सेवाका पसल दिनमा चार घण्टा सञ्चालन गर्न दिइने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले ५ बुँदे निर्देशन जारी  गर्दै दुई घण्टा बिहान र दुई घण्टा साँझ  खाद्यान्न, तरकारी, औषधि, ग्यास तथा फलफूल पसल सञ्चालन गर्न आदेश दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्