२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुर नगरपालिकाद्वारा अन्डा र मासु पसल अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार नगरको जगातीमा ६ वटा पसल अनुगमन गरेको छ।

अनुमनको क्रममा अन्डा र मासुको मूल्य जथाभावी वृद्धि गरी लिएको र एकरूपता नभएको पाइएको छ।अन्डामा बजार मूल्यभन्दा जथाभावी महँगोमा अन्डा बिक्री गरिरहेको गुनासो आएकाले सो टोलीले अन्डा पसल र कोल्ड स्टोरमा अनुगमन गरेको हो।  

अनुगमनमा भक्तपुर कोल्ड स्टोरमा पसल नवीकरण गर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्ने, मूल्यसूची राख्ने, एप्रोन सेतो प्रयोग गर्ने, अन्डा र मासुको विक्रीमूल्य आफूखुसी जथाभावी वृद्धि नगर्नेजस्ता निर्देशन दिइएको छ। टोलीले मामा–भान्जा कोल्ड स्टोर, दोलखा मिट सप र केजी कोल्डस्टोरमा पसल नवीकरण गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न, बासी बिग्रेको मासु विक्रीवितरण नगर्न, बिग्रेको मासु छुट्टै राखी नष्ट गर्नलगायत निर्देशन दिएको छ।

त्यस्तै ख्वप कोल्ड स्टोरलाई समेत मापदण्ड पालना गर्न निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। अनुगमन समितिमा रोशनमैया सुवाल, स्यानिटेसनका वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी व्याञ्जु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवालगायत सहभागी रहेका थिए।

प्रकाशित: ९ फाल्गुन २०७७ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App