१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

६ दर्जन सहुलियत पसल सञ्चालनमा

फाइल तस्वीर

चाडपर्वलाई लक्ष्य गरेर सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपत्यकासहित मुलुकका ६० भन्दा बढी स्थानमा सहुलियत पसल सञ्चालन गर्न लागेका छन्।

असोज १५ देखि मंसिर ६ गतेसम्म सहुलियत मूल्यमा पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। दुई कम्पनीले आफ्ना डिपो, डिलर, घुम्ती सेवा पसल एवं अनलाइनबाट सहुलियत मूल्यमा दैनिक उपभोग्य खाद्य वस्तुहरू बिक्री गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले बताइन्। चामल, चिनी, नुन, सिमी (गेडा) दाल, खसी, च्यांग्रा लगायतमा वस्तुमा छुट दिएको केसीले जानकारी दिइन्। 

प्रकाशित: १६ आश्विन २०७७ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App