७ वैशाख २०८१ शुक्रबार
अर्थ

खाद्यान्न पसल एक साता बन्द

दैनिक रूपमा खाद्यान्न पसल खोल्दा मानिसको भीड भएर कोरोना संक्रमण फैलिएको भन्दै उपत्यकाका स्थानीय प्रशासनले एक साताका लागि खाद्यान्न पसल बन्द गर्ने निर्णय गरेका हुन्। 

मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णयसँगै पसल खोल्न कडाइ गरेको हो।

सर्वसाधारणलाई एक साताको लागि आवश्यक पर्ने खाद्यान्न खरिद गरेर राख्न भनिएको छ। १३ गतेसम्म भने विहान ९ बजेसम्म पसल खोल्न पाइनेछ। बिहीबारदेखि किराना पसल पूर्ण रूपमा बन्द हुनेछन्। तरकारी, दूध, माछामासु पसल भने विहान ९ बजेसम्म मात्र खोल्न पाइने छ।  

प्रकाशित: १३ जेष्ठ २०७८ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App