७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

लाईसेन्स भाडामा लिएर औषधि पसल सञ्चालन

सुनसरीको बराहक्षेत्रमा औषधिपसल शिल गर्दै विभागको टोली। तस्बिर/नागरिक

प्रदेश १ का ग्रामिण क्षेत्रमा दर्ता नगरी र अर्काको लाइसेन्स भाडामा लिएर औषधि पसल सञ्चालन हुनेगरेको पाइएको छ। औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सुनसरीका विभिन्न स्थानमा सञ्चालनमा रहेका औषधि पसलहरू दर्ता नगरिएको र अर्काको लाइसेन्स भाडामा लिएर सञ्चालन हुने गरेको पाइएको हो।  

 औषधि व्यवस्था विभाग विराटनगरको टोलिले सुनसरीको वराह क्षेत्रमा  अनुगमन गर्दा विनादर्ता र लाइसेन्स भाडामा लिएर औषधि पसल सञ्चालन भइरहेको पाइएको हो। विभागका निमित्त प्रमुख सन्जिव शर्मा कट्टेलको नेतृत्वमा खटिएको टोलीले बराहक्षेत्रका औषधी पसलहरुको अनुगमन गरेको थियो। अनुगमनका क्रममा टोलीले बराहक्षेत्र ३ की सबिना राईको नाममा रहेको औषधि पसल, उत्तिमलाल साहुको नाममा रहेको मनकामना स्वास्थ्य उपचार क्लिनिक, उनदिप चौधरीको नाममा रहेको औषधी पसल र बराहक्षेत्र ५ की सरिता ठाकुरद्धारा सञ्चालित शम्भु मेडिकल हल दर्ता बेगरै सञ्चालन रहेको फेला पारेको थियो।  

अनुगमनको क्रममा विभागले लाईसेन्स भाडामा लिएर फार्मासिस्टको अनुपस्थितमा  २ वटा फार्मेसी सञ्चालनमा रहेको पनि फेला परेको थियो। अनुगमनमा विभागले औषधी उद्योगमा कार्यरत राज कट्टेलको लाईसेन्स प्रयोग गरि इटहरी १७ मा सञ्चालन हुँदै आएको एलिना फार्मेसी पनि सिल गरेको छ। यसका साथै बराहक्षेत्र ५ का प्रमोद कुमार साह तेलिद्धारा सञ्चालित कामना फार्मेसी पनि फार्मासिस्ट अरबिन्द कुमार अग्रहरिको लाईसेन्स प्रयोग गरि सञ्चालन रहेको पाईएपछि विभागले सो फार्मेसी पनि सिल गरेको छ। 

‘विना दर्ता र अर्काको लाइसेन्स भाडामा लिएर सञ्चालनमा रहेका औषधिपसलहरू शिल गरिएको छ ’ कट्टेलले भने‘अब, प्रदेश १ र २ मा विभागले अनुगमन गरी नियम विपरित सञ्चालनमा रहेका औषधि पसलहरू र लाइसेन्स भाडामा लगाउनेहरूलाई कार्वाही  गर्छ। ’  

अनुगमनका क्रममा मदिरा पसल र फार्मेसी एउटै सटरमा सञ्चालन गरिएको समेत फेला परेको  औषधि व्यवस्था विभागले जनाएको छ। विना दर्ता र लाइेसेन्स भाडामा लिएर सञ्चालन भएका औषधि पसलहरूको अनुगमन गर्न औषधि व्यवस्था विभागले अभियान नै सञ्चालनमा ल्याउन लागेको जनाएको छ। प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का २ वटा जिल्लामा विभागकोटोलिले अनुगमन गर्ने विराटनगर कार्यालदयका निमित्त प्रमुख कट्टेलले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०७८ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App