२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष गुरुङको निधन

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मे.दिपकबहादुर गुरुङको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा निधन भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उनको निधनले खेलकुदको अभिभावक गुमाएको छ ।

सम्मानमा विभेद : 'सरकारले प्रशिक्षकको मूल्यांकन गर्न सकेन'

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई प्रदेश १ सरकारले बुधबार विराटनगरमा सम्मान गरेपछि प्रशिक्षकहरूले असन्तुष्टि पोख्न थालेका छन् । १ नम्बर प्रदेशका खेलाडीले साग खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान गर्ने भनेको थियो ।

नयाँ ऐनले राजीनामाको लहर

नेपालमा राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनमा आएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेल संघबाट राजीनामा बुझाउनेको संख्या बढेको छ।

स्वर्णविजेतालाई नगरपालिकाको दराज

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता करातेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार प्रदान गरेको छ।

फर्किएला फेरि स्वर्णयुग ?

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्ति प्रक्रियालाई पछिल्लो समय निकै चासोको रूपमा हेरिन थालिएको छ।

इन्जिनियरिङ्ग छोडेर राष्ट्रिय क्रिकेट प्रशिक्षक बनेका नवीन सिंह

करिब डेढ दशक अघिसम्म फुटबल, क्रिकेट, तेक्वान्दो, कराँते लगायतका खेलमा जनकपुरका खेलाडी मुलुकमै अब्बल मानिन्थ्यो ।

खेल निकाय नै अन्योलमा

नयाँ ऐन कार्यान्वयनका लागि गत बुधबार युवा तथा खेलकुद मन्त्रालयलको पत्र आउनुभन्दा अघिल्लो दिन नै राखेप सदस्यसचिव रमेशकुमार सिलवाल कार्यालय आउन छाडिसकेका छन्। उनले मन्त्रालयबाट यस विषयमा टुङ्गो नलगाउँदासम्म कार्यालय नजाने बताए।

खेलकुद ऐन कार्यान्वयनतर्फ

‘नयाँ ऐनमा वर्तमान राखेप बोर्डको निरन्तरता स्पष्ट उल्लेख छैन। तथापि ऐनको व्याख्या र कानुनी परामर्शअनुरूप वर्तमान नेतृत्वलाई निरन्तरता दिने अवस्था भए अघि बढ्ने अन्यथा नयाँ बोर्ड गठन हुनेछ।’

खेलकुदमा असारे बजेट, असारभित्र सक्ने गरी १४ योजनाको लागि सवा करोड

असारको आधा भैसक्यो। आर्थिक वर्ष सकिँनै लाग्दा कास्कीको विभिन्न खेलकुद योजनाको लागि बजेट निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषदले कास्कीमा विभिन्न १४ वटा योजनाको लागि बजेट छुट्याएको हो।

खेलकुद सामग्री हस्तान्तरण

विराटनगर–११ मा रहेको विराट बुद्ध स्पोर्टङ क्लबलाई शनिबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री प्रदान गरिएको छ । क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेकी छन् । दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गरिएको क्लबका सचिव खेम थापाले बताए ।

लकडाउनले मैदान मर्मत खर्चिलो

कोरोना भाइरस मार्चको मध्यसम्ममा विश्वभर महामारीका रूपमा फैलियो। कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने भन्दै विश्वका प्रायः सबै राष्ट्रमा लकडाउन लगाइयो। लकडाउन लागू भएसँगै विश्वभर नै खेलकुद गतिविधिमा समेत पूर्ण रूपमा रोक लागेको थियो।

पोखरा महानगरले खेलकुदको लागि एकीकृत कोष स्थापना गर्ने

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलकुदको विकासको लागि एकीकृत कोष स्थापना गर्ने महानगरपालिको सोच रहेको उल्लेख गरेका छन् । ‘खेलकुदको विकासको लागि एकीकृत कोष आवश्यक छ’ उनले भने, कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम हुने छ ।’

मिलेर बढे ‘राजा’ जितिन्छ

‘चेसमा राजनीति र लडाइँ दुवै हुन्छ,’ ८३ वर्षे सूर्यमान ताम्राकार भन्छन, ‘जसले आफ्ना पक्षलाई मिलाएर अघि बढायो उसकै जीत हुन्छ ।’

गण्डकी प्रदेशको को बजेट : खेलकुदको पूर्वाधारको लागि ८ करोड ३५ लाख

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सार्वजनिक गर्दै खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । आर्थिक वर्षको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि सोमबार ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बजेट प्रस्तुत गरे ।

खेलक्षेत्र प्राथमिकतामा छैन : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विगतदेखि स्रोत साधन र बजेट विनियोजनको हिसाबले युवा तथा खेलकुद क्षेत्रले अपेक्षाकृत बजेट पाउन नसकेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्